धादिङको ब्रुसबाङका ३६ चेपाङ परिवारलाई ताल्तीमा सारिदै

जेष्ठ १६, २०७६


१६ जेठ, धादिङ–


‘पेटभरी पानी समेत खान पाइन्न, बिरामी र सुत्केरी भएको बेला पैचो गरेर पानी खानुपर्छ, लुगा धुन, सरसफाइ त हाम्रो लागि परको कुरा हो ।’ धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं २ ब्रुसबाङकी फूलमाया चेपाङको दुखेसो हो यो । समुन्द्रि सतहबाट १८४५ मिटर उचाईमा पर्ने बिकट गाउँ बु्रसबाङमा सदिऔँदेखि बसोबास गरिरहेका चेपाङ समूदायले स्वच्छ पिउने पानी समेत खान पाएका छैनन् । पानी लिनकै लागि दुई, तीन घण्टा तल झर्नुपर्ने बाँध्यता पूस्तौदेखि भोग्दै आइरहेका छन् ।

वर्षको चार महिना उत्पादन गरेको खाद्यन्न, बाँकी महिनामा गिठ्ठा, भ्याकुर र साग, सिस्नुको भर । खेती गर्ने जमिन छ तर पर्याप्त पानी छैन । न उपयुक्त स्वास्थ्यचौकी, विद्यालय नै छ न शौचालय, बाटोघाटो छ । वर्षौदेखि यस्तै समस्याले पिरोलेका ब्रुसबाङका ३६ परिवार चेपाङसमुदाय आफ्नो थातथलो छोड्न राजी भएका छन् ।

ब्रुसबाङका चेपाङ समुदायको मुख्य आवश्यकता भनेको खानेपानी हो । खानेपानीको चरम संकट भोग्नु परेका चेपाङ समुदायका लागि पानी रगत जस्तै महङगो हुने गरेको छ । खानेपानीको समस्या समाधान हुने अवस्था नदेखेपछि आफ्नो बस्ती नै सारिदिन जिल्लाका सरोकारवालाहरुसंग माग गर्दै आइरहेका छन् । खानेपानीको जोहो गर्न गरेको दुःख सम्झँदै सुमिलाल चेपाङ नयाँ ठाउँमा खानेपानी, जीविकोपार्जनको अन्य अवसर उपलब्ध गराउने हो भने बस्ती स्थानान्तरणका लागि तयार रहेको बताए ।

बुस्रबाङबासीको समस्या धेरैले सुनेपनि समाधानका लागि खासै पहल हुने गरेको छैन । गाउँबासीले आंफुहरु मानव भएर बाँच्नका लागि कुनै पनि पुर्वाधार गाउँमा नभएकाले खानेपानी, खाद्यान्न, शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षित आवास, सडक र विजुली लगायतको व्यवस्था गर्न सांसदको ध्यानाकर्षण गराएका छन् ।

फियान नेपालले ब्रुसबाङका चेपाङ समुदायको सवाल सम्बोधन गर्नका लागि आयोजना गरिएको सरोकारवाला बैठकमा ब्रुसबाङमा कुनैपनि प्रविधिले खानेपानी र सडक बनाउन नसक्ने अवस्था रहेकाले त्यहाँको बस्ती नै सार्नुपर्ने धादिङको प्रतिनिधि सभाका सांसद भुमि त्रिपाठीले बताए ।

गाउँपालिकाले बेनिघाट रोराङ गाउँपालिकाको ताल्ती नजिकै एकीकृत नमूनाबस्ती स्थापना गरि स्थानान्तरणकोे तयारी थालिएको गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले बताए ।

ब्रुसबाङमा आधारभूत विकासका पुर्वाधार निर्माणका लागि करोडौं खर्च हुने र समय लाग्ने भएकाले बस्ती नै सुरक्षित स्थानमा सारेर सबैखाले विकास उपलव्ध गराउन स्थानीय तथा सरोकारवालाहरु सहमत देखिएका छन् ।

२०७६ जेठ १६ गते प्रकाशित

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ