भूकम्प प्रभावित जिल्लाका युवालाई क्यानडाले रोजगारी दिने

जेष्ठ १८, २०७२

a1e9528e34414c027ec56bc7f75bf185_L
काठमाडौं-क्यानडाले भूकम्प प्रभावित नेपाली युवालाई रोजगारी दिने इच्छा देखाएको छ। नेपाल भ्रमणमा रहेका क्यानडाका उच्च अधिकारीले भूकम्पप्रभावित युवालाई कृषि क्षेत्रमा रोजगारी दिनसक्ने बताएका हुन्।

भूकम्पपछि राहत र उद्धारमा नेपाल आएकी क्यानडाका श्रम तथा महिला मन्त्री केल्ली लेइचले आइतबार श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङसँगको कुराकानीमा भूकम्प प्रभावित युवालाई क्यानडामा कृषि क्षेत्रमा रोजगार दिन सक्ने बताइन्।नेपालसमेत हेर्ने भारतका लागि क्यानडाका राजदूतसँगै नेपाल आएकी लेइचसँगको भेटमा राज्यमन्त्री गुरुङले नेपालीलाई रोजगारी दिन आग्रह गरेका थिए। रोजगारीका हिसाबले आकर्षक क्यानडामा कृषि क्षेत्रमा कामदारको माग पहिलादेखि नै छ।

राज्यमन्त्री गुरुङले क्यानडासँग नेपालको विगतदेखि नै राम्रो सम्बन्ध रहेकोले यो विपतमा नेपालीलाई रोजगारीका अवसर दिँदा राम्रो सन्देश जाने भन्दै त्यसका लागि आग्रह गरेको बताए।  हामीले दक्ष र अर्धदक्ष कामदारका लागि रोजगारी खुलाउन अनुरोध गरेपछि क्यानडाका मन्त्रीले नेपाललाई सहयोग पुग्ने भन्दै खुलाउने सहमति जनाए  उनले भने। क्यानडामा कृषि क्षेत्रमा मौसमी काम हुने भएकाले तत्काल ६ महिनादेखि १ वर्षसम्म काम गर्ने र त्यसपछि स्वदेश फर्कने अवधारणाअनुसार कामदार लिने लेइचले बताएको गुरुङले जानकारी दिए। भेटमा लेइचले नेपाली कामदार लिने विषयमा क्यानडामा रहेको नेपाली राजदूतसँग पनि छलफल भइरहेको मन्त्री गुरुङलाई जानकारी गराएकी थिइन्। नागरिकबाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ