समुदायमा भैरवी सहकारी विस्तार गर्न छलफल

माघ ४, २०७६


४ माघ, धादिङ –


समुदायमा सहकारीलाई स्थापित गराउन भैरवी सहकारीले छलफल गरेको छ । आर्थिक अभाव तथा कुनै पनि समस्याका कारण उपचार तथा अन्य समस्या भोग्नु नपरोस् भन्ने उद्देश्यका साथ विभिन्न समुदायका मानिसहरुसँग अन्र्तक्रिया गरेको हो ।

समुदाय माझमा सहकारी राम्रो हुन नियमित बैठक, योजनाबद्ध क्रियाकलाप, नियमित र उचित बचत र असूलिको दर, योग्य नीतिनियमको व्यवस्था,सदस्य र पदाधिकारीहरुमा सक्रिय सहभागिता र बाहिर सुमधुर सम्बन्ध जस्ता पक्षमा दरिलो हुनुपर्ने सहभागीहरुले बताएका छन् ।

सहकारीले समुदायमा आफुमा भएका ज्ञान, सीप, अनुभव एवं पूँजीको अधिकतम प्रयोग गरी प्रविधिको विकासमा सहयोग गर्ने, जीविकोपार्जन सुधारका कार्यक्रमहरु संचालन गर्ने, वस्तु तथा सेवाका उत्पादन र उत्पादकत्वमा वृद्धि गराई मुलुकलाई आत्मनिर्भर बनाउन आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने गर्दछ ।

सहकाररीले समुदायमा सदैव सबैको उन्नत जीवन र खुसीयालीका लागि पुँजीको श्रृजना गर्नु रहेको र सोका लागि समुदायलाई सहकारीमा ल्याउने र उनीहरुको जीविकोपार्जन सुधार कार्यमा अग्रणी भूमिका निर्वाह गर्ने बताइएको छ ।

भैरवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा भएको कार्यक्रममा विभिन्न टोलसुधार समितिका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रम सहकारीका अध्यक्ष ईश्वरकुमार श्रेष्ठको अध्यक्षतामा भएको हो ।

२०७६ माघ ४ गते प्रकाशित

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ