६ जिल्लाका ५० गाविस खाली गर्न सिफारिस

जेष्ठ २२, २०७२

jharlang ko pahiro - Copy

२२ जेठ, काठमाडौं –  भूकम्पपछि पहिरोको उच्च जोखिममा रहेका ६ जिल्लाका ५० गाविस खाली गराउन विज्ञले सरकारलाई सिफारिस गरेका छन् । स्थलगत निरीक्षणपछि खानी तथा भूगर्भ विभागका अधिकारीहरुले करिब २० हजार परिवारलाई स्थानान्तरण गर्न सिफारिस गरेका हुन् ।

विभागले मंगलबार गृहमन्त्रालयमा बुझाएको प्रतिवेदनमा ६ जिल्लाका ५० गाविसका २० हजार परिवारलाई अन्यन्त्र पुनवार्सको व्यवस्था गर्नुपर्ने उल्लेख छ । विभागले भूकम्पले धेरै असर पारेका गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक र दोलखाको निरीक्षण गरेको  छ ।

गोरखाका १३, धादिङका ६, नुवाकोटका चार, रसुवाका १४, सिन्धुपाल्चोकका सात तथा दोलखाका ६ गाविका बासिन्दालाई स्थानान्तरण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
नयाँ पत्रिकाबाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ