कोरोना कोषमा एक महिनाको तलव जम्मा गर्ने सांसद भूमि त्रिपाठीको घोषणा

चैत्र १३, २०७६


१३ चैत, धादिङ


सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् प्रतिनिधिसभाका सदस्य भुमिप्रसाद त्रिपाठीले नेपाल सरकारले स्थापना गरेको कोरोना कोषमा आफ्नो सांसद वापतको एक महिनाको तलव जम्मा गर्ने घोषणा गरेका छन् ।

पाविल न्युज डटकमसंग कुरागर्दै साँसद त्रिपाठीले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न कोरोना कोषमा रकम जम्मा गर्ने घोषणा गरेका हुन् ।
कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिन थालेको अवस्थामा सबै तवरले तयारी रहनु आवश्यक रहेको औंल्याउँदै त्रिपाठीले कोरोना भाइरसको संक्रमणबाट आतंकित नभई सावधानी अपनाउन धादिङका जनतालाई आग्रह समेत गरेका छन् ।

सांसद त्रिपाठीले कोरोनाको सन्त्रासले आर्थिक तथा स्वास्थ्य क्षेत्रमा परेको जटिल समस्यालाई विशेष ध्यानमा राखी सेवा तथा सहयोग गर्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, उद्योगी व्यावसायी तथा सम्पूर्ण सहयोगी महानुभावहरुलाई आग्रह गरेका छन् । कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले सबै विकल्पमा काम गरिरहेको पनि उनले बताए । उनले तीनै तहका सरकारले व्यवस्थित र प्रभावकारी काम गरिरहेकाले आतंकित नभई सेल्फ क्वारेन्टाईनमा बस्न आग्रह पनि गरेका छन् ।

कोरोना नियन्त्रणका लागि सबै पक्षबाट भएको सहयोगको उच्च प्रशंसा गर्दै सांसद त्रिपाठीले सहयोग गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकमी लगायत सम्बद्ध सबैलाई धन्यवाद पनि दिएका छन् ।

२०७६ चैत १३ गते प्रकाशित

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ