चीनले आकाशमा हिँड्ने पुल निर्माण ग¥यो

जेष्ठ २५, २०७२

The_terrifying_platform_is_no_quick_stroll1_903736131
एजेन्सी – चिनमा आकाशमा हिड्ने पुलको निर्माण गरिएको छ । पारदर्शी शिशाबाट बनाइएको एउटा शिशाको पुलमा हिँड्दा मानिसलार्इ आकाशमै रहेको महसुस हुने बताइएको छ ।

डेलीमेलका अनुसार पूर्वी चीनको के सिनियुझाई नेशनल जिओपार्कमा पारदर्शी शिशबाट निर्मित दुर्इ पहाडबीचको यो शिशाको पुल नेपाली झोलुङ्गे पुलकै शैलीमा बनाइएको छ । पारदर्शी शिशाले बनेको यो पुलमा थरीथरीका संगीतसमेत सुनाउने व्यवस्था गरिएको छ । यसै महिनाबाट यो पुल सञ्चालमा आइसकेको छ। शिशाले बनेको १९ फिट फराकिलो यो पुलमा एक पटकमा ८ सय जना मानिस थेग्न सक्ने बताइएको छ ।

अग्लो र हेर्दे डरलाग्दा दुर्इ पहाडबीच जमीनबाट एक हजार चार सय १० फिटमाथिको यो पुल बनाउन शिशामात्रै प्रयोग गरिएको छ । पारदर्शी भएकाले त्यहाँमाथिबाट हिँड्नेलार्इ आफू आकाशमा हिँडेको अनुभूति हुन्छ । शिशाको दोहोरो दोहोरो तहको प्रयोग गरि बनाइएको यो पुल ५९९ फिट लामो रहेको छ । यो पुलमा हिँड्दा हिँड्दै संगीतको नयाँ धुन बनाउन सक्ने सुविधा पनि छ । तर यसको विशेषता भनेको निरन्तर बजिरहने संगीतको धुन हो । चीनमा यस्ता अन्य पुल पनि रहेका छन् । चीनले बनाएको शिशाको यो पुल विश्वकै लामो र अग्लो हो ।

पुल पारदर्शी भएकाले यहाँ हिँड्ने धेरै मानिसहरु डराउने गरेका छन् । डराएकै कारण मानिसहरु बीचबाट निहिँडी रेलिङ समाउने गरेका छन् डरकै कारण मानिसहरु यो पुलमा बिस्तारी हिँड्ने गरेका छन् । यो पुलमा हिँड्दा अधिकांश मानिस डराउँछन् । यो पुल कुनै सुरक्षा व्यवस्था नराखी २१ जना मानिसले यो पुल तयार पारेका हुन् । यो पुल बनाउनका लागि ती मदुरलार्इ प्रतिव्यक्ति दिनको ४०० युआन ज्याला दिइएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ