कोरोना भाइरसबाट नेपालमा पहिलो पटक २९ वर्षीय महिलाको मृत्यु

जेष्ठ ३, २०७७


३ जेठ, काठमाडौँ–

कोरोना भाइरस कोभिड १९ ले एक महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरी महिलाको कोरोनाले मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए। नेपालमा कोरोनाले मृत्यु हुने उनी पहिलो हुन्। उनको बिहीबार राति मृत्यु भएको हो।

शिक्षण अस्पतालमा सुत्केरी भएकी उनी घर फर्किएपछि स्वासप्रश्वासमा समस्या आएकाले धुलिखेल अस्पतालमा उपचार गराइएको थियो। ती महिलाले वैशाख २३ गते महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना भएर २४ गते बच्‍चा जन्माएकी थिइन्। २५ गते डिस्चार्ज भएकी थिइन्। उनलाई घर पुगेपछि स्वास्थ्यमा समस्या देखिएपछि धुलिखेल अस्पताल ल्याइएको थियो।

स्वासप्रश्वासमा समस्या आएकाले उपचारको क्रममा उनको आरडिटि रिपोर्ट पोजिटिभ आएको थियो। उनको सुरुमा आरडिटि पोजिटिभ आएको थियो। अहिले पीसीआर पनि पोजिटिभ आएको हो।


२०७७ जेठ ३ गते प्रकाशित

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ