थप २७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४०२ पुग्यो

जेष्ठ ६, २०७७


६ जेठ, काठमाडौं–


नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २ पुगेको छ। मंगलबार एकै दिन २७ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ४०२ पुगेको हो। नयाँ संक्रमित काठमाडौं भक्तपुरदेखि झापासम्मका छन् ।

नेपालमा अहिलेसम्म पीसीआर विधिबाट ३२ हजार ६ सय ४ र आरडीटी विधिबाट ७४ हजार ६ सय ४९ जनाको परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट दुई हजार दुई सय ८० र आरडीटी विधिबाट पाँच हजार ८९ जनाको नमुना परीक्षण गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २१ हजार ६ सय २३ जना क्वारेन्टाइनमा छन्। उपत्यकामा १७ र बाहिर ४४० गरेर आइसोलेसनमा ४ सय ५७ जनालाई राखिएको छ। मंगलबार विराटनगरस्थित कोसी अस्पतालमा उपचार गराइरहेका झापाका ६२ वर्षीय पुरुष डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या ३७ पुगेको छ।

काठमाडौंका विभिन्न स्थानमा नमुना परीक्षण गर्दा काठमाडौंका कालिमाटी, सफाइ कर्मचारी, गोगंबु क्षेत्रमा भएका परीक्षणमा सबै रिपोर्ट नेगेटिभ आएको प्रवक्ता देवकोटाले जानकारी दिए।


२०७७ जेठ ६ गते प्रकाशित

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ