३ वर्षीय बालकसहित २५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४२७ पुग्यो

जेष्ठ ७, २०७७

७ जेठ, काठमाडौँ–


नेपालमा ३ वर्षीय बालकसहित २५ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बाँके, धनकुटा, कपिलबस्तु र नवलपरासी पश्चिममा संक्रमित भेटिएको जानकारी दिए ।

बाँकेका ६ जना पुरुष, धनकुटाका ५ जना, कपिलबस्तुका १३ जना, नविलपरासीका १ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ । जसमध्ये पुरुष ३५८ र महिला ६९ जना छन्।

प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ३५ हजार ४ सय ९४ र आरडीटी ७५ हजार ७२ जनाको कोरोना परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार चार सय ८८ र आरडीटी ३ हजार ६ सय १० जनाको कोरोना परीक्षण गरिएको छ। अहिलेसम्म नेपालमा क्वारेन्टाइनमा २३ हजार दुई सय २ जना छन्।

कोसी अस्पतालमा रहेका आठ जना पुरुषको पीसआिर नतितजा नेगेटिभ आएपछि २९ देखि ३३ दिनदेखि स्पतालमा रहेका डिस्चार्ज भउका छन्। डिस्चार्ज हुनेको संख्या ४५ पुगेको छ। मृतकको संख्या भने २ छ।

२०७७ जेठ ७ गते प्रकाशित

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ