पछिल्लो २४ घण्टामा विश्‍वभर २ लाख २८ हजारभन्दा बढीमा कोरोना संक्रमण

असार २७, २०७७

२७ असार , काठमाडौ –

विश्व स्वाथ्य संगठन डब्लूएचओका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर २ लाख २८ हजार १ सय २ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकामा सबैभन्दा बढी संक्रमित थपिएका छन् ।

यसभन्दा पहिले जुलाई ४ मा एकैदिन २ लाख १२ हजार ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरका अनुसार अहिलेसम्म विश्वभर एक करोड २४ लाख ६१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै अहिलेसम्म कोरोना संक्रमणका कारण ५ लाख ५९ हजार ४ सय ८१ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमण पुष्टि भएकामध्ये ६८ लाखभन्दा बढी निको भएका छन् ।

कोरोना महामारीबाट सबैभन्दा पीडित अमेरिकामा अहिलेसम्म एक लाख ३४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने ३१ लाख ८२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै दोस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या १८ लाख नाघेको छ भने ७० हजारभन्दा बढीको मृत्यु भएको छ । संक्रमणका हिसाबले तेस्रो स्थानमा रहेको भारतमा संक्रमितको संख्या करिब ८ लाख पुगेको छ । शनिबार बिहानसम्म भारतमा २१ हजार ६ सय ४ जनाको मृत्यु भएको छ भने करिब ५ लाख निको भएका छन् ।

२०७७ असार २७ गते प्रकाशित

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ