दसैँ–तिहारका लागि खाद्यान्नको पर्याप्त मौज्दात

कार्तिक ४, २०७७

४ असोज ,काठमाडौ –

दसैँ, तिहार तथा छठजस्ता ठूला चाडपर्वमा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा कुनै समस्या नरहने सरकारले बताए । हाल देशभर कुल १ लाख १६ हजार मेट्रिक टन चामल मौज्दात स्टक रहेको उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको हो ।

त्यसमध्ये १४ हजार मेट्रिक टन सरकारी निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग र १ लाख २ हजार मेट्रिक टन चामल निजी क्षेत्रसँग रहेको मन्त्रालयको भनाइ छ । अहिले धान भित्र्याउने सिजनसमेत भएकाले मौज्दात थपिने अवस्था रहेको र आपूर्तिमा कुनै समस्या नपर्ने मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव बैकुण्ठ आर्यालले बताए । उनका अनुसार थप आवश्यक खाद्यान्न विदेशबाट समेत आयात भइरहेकाले छ । अहिलेको अवस्थामा हामीसँग पर्याप्त खाद्यान्न छ भने ।

सचिव अर्यालका अनुसार पर्याप्त मौज्दात र उत्पादनका अलावा विभागले ठूलो परिमाणमा खाद्यान्न आपूर्तिसमेत गरिरहेको छ । गत असोज महिनामा मात्र विभागले दैनिक औसत ५ हजार ७ सय मेट्रिक टनका दरले खाद्यान्न आपूर्ति गरेको उनले बताए । त्यसैगरी दलहन तर्फ असोज महिनामा मात्र विभागले दैनिक ७ सय मेट्रिक टनका दरले कुल दुई हजार एक सय २,१०० मेट्रिक टन गेडागुडीजन्य वस्तु आयात गरेको जनाइएको छ ।

२०७७ कार्तिक ४ गते प्रकाशित

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ