
८ पुस , धादिङ –
गायिका मेलिना राईको र गायक केदार बरुवाल क्षेत्रीको स्वरमा ‘आँखैमा गाजल’ बोलको गीत सार्वजनिक भएको छ । केदार बरुवाल क्षेत्रीको शब्द तथा संगीतमा रहेको ‘आँखैमा गाजल’ गीतमा नाजिर हुसेन र सम्पदा बाँनियाले मोडेलिंग गरेका छन् ।
अर्जुन तिवारीको छायांकनमा रहेको यो गीतमा राजिव समरको कोरियोग्राफी रहेको छ भने सुप्रिम पराजुलीको सम्पादनमा गीत ‘आँखैमा गाजल’सार्वजनिक भएको हो ।
२०७७ पुस ८ गते प्रकाशित