माघेसंक्रान्तिको अवसरमा धादिङको धुवाँकोटमा १८ हल गोरु जुधाइने

पुस २८, २०७७


२८ पुस, धादिङ–

माघेसंक्रान्तिको अवसर पारेर धादिङको नीलकण्ठ नगरपालिका वडा नं १४ धुवाँकोटमा गोरु जुधाइने भएको छ । धादिङबेसीमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको बारेमा जानकारी गराइएको हो ।

सस्कृति संरक्षण तथा पर्यटन प्रवर्द्धन केन्द्र र भंगेरी युवा क्लवले गोरु जुधाई कार्यक्रमको आयोजना गरेको हो । परम्परादेखिनै गोरु जुधाउँदै आएको धुवाकोटको भंगेरीमा यस वर्ष १८ हल गोरु जुधाइने सस्कृति संरक्षण तथा पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष शीवकुमार श्रेष्ठले जानकारी दिए ।

धुवाँकोटमा परम्परादेखिनै गोरु जुधाइन्थ्यो । केही समय रोकिएपनि विगत ८ वर्षदेखि व्यवस्थित रुपमा गोरु जुधाउन थलिएको श्रेष्ठले बताए । गोरु जुधाइको लागि धादिङ, नुवाकोट र गोरखाबाट गोरु जुधाईका लागि दर्ता भएको आयोजकले जानकारी दिए ।

गोरु जुधाइ धुवाकोटको भंगेरी स्थानमा हुने आयोजकले जानकारी दिएको छ । धादिङको धुवाकोट ऐतिहाँसिक महत्वका ९ ओटा कोटमध्ये एउटा महत्वपूर्ण कोट हो । विशेष गरि धुवाकोटमा पर्यटन प्रवद्र्धन तथा स्थानीय उत्पादनको प्रवद्र्धनमा समेत सहयोग पुग्ने गरि गोरु जुधाइ उत्सवको रुपमा सम्पन्न तयारी गरिरहेको सस्कृति संरक्षण तथा पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष शिव श्रेष्ठले जानकारी दिए ।

२०७७ पुस २८ गते प्रकाशित

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ