धादिङका सञ्चारकर्मीलाई फोनिजको सहयोग

असार ४, २०७२

fonij dhaidng 1

धादिङ – नेपाल आदिवासी जनजाति पत्रकार महासघं फोेनिजले धादिङका विभिन्न संचार माध्यममा कार्यरत आदिवासी जनजाति संचारकर्मीहरुलाई सञ्चार सामग्री राहत स्वरुप प्रदान गरेको छ ।

फोनिजका केन्द्रिय अध्यक्ष दण्ड गुरुङ लगायतको टोलीले सो सामग्री फोनिज धादिङका सचिव सरिता श्रेष्ठलाई सामग्री हस्तान्तरण गर्नुभएको हो ।

फोनिजले धादिङ जिल्लाका विभिन्न संचार माध्यममा कार्यरत ३७ जना आदिवासी जनजाति पत्रकारहरुलाई एक थान पावर बैंक, कलम र एक थान पेनड्राइभ प्रदान गरेको छ । फोनिज केन्द्रबाट प्राप्त सामग्री जिल्ला शाखा मार्फत जिल्लामा रहेका फोनिजका सदस्यहरुलाई वितरण गरिएको छ ।

IMG_2965

बैशाख १२ गते र २९ गते गएको विनाशकारी भूकम्प र त्यस पछिको पराकम्पनबाट प्रभावित भएका आदिवासी जनजाती पत्रकारहरुलाई फोनिज केन्द्रिय समितिको आह्वानमा तमू गुरुङ सञ्चारकर्मी संघ, नेपाल केन्द्रिय समिति र तमू बौद्ध सेवा समिति नेपाल काठमाडौँ र तमू पर्यटन व्यवसायी संघका अध्यक्ष कुलबहादुर गुरुङको सहयोगमा सामग्रीहरु उपलब्ध गराइएको हो ।

कार्यक्रममा फोनिजका केन्द्रिय सदस्य लाला गुरुङ, फोनिज फोनिज कोरियाका अध्यक्ष मञ्जु गुरुङ, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली लगायतको सहभागीता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ