एसएलसीमा धादिङ जिल्लाबाट सन्देश र जुनु प्रथम

असार ५, २०७२

slc dhadigng 1
धादिङ – एसएलसी परीक्षामा धादिङ जिल्लाबाट सन्देश भट्ट र जुनु श्रेष्ठ बराबरी अंक ल्याएर जिल्ला प्रथम हुनु भएको छ ।

सदरमुकाम धादिङबेसीमा रहेको धादिङ आवसीय उच्च माध्यमिक विद्यालयबाट परीक्षा दिएका उनीहरुले ७ सय ३९ (९२.३८ प्रतिशत ) अंक ल्याएका छन् । जिल्ला प्रथम हुन सफल भएको भन्दै शनिबार पञ्चेबाजाका साथमा धादिङबेसीमा अबिर यात्रा गरिएको छ । निरन्तर एसएलसी परीक्षामा जिल्लाकै सवोत्कृष्ट अंकका साथमा जिल्ला प्रथम हुन सफल भएको भन्दै विद्यालयले खुसी मनाएको विद्यालयका प्रधानाध्यपक हरि लंम्सालले जानकारी दिनुभयो ।

slc dhading 2

धादिङ आवसीय उच्च माध्यमिक विद्यालयबाट २०७१ सालमा ५५ जनाले एसएलसी परीक्षा दिएका थिए । जस मध्ये ४६ जना विशिष्ट श्रेणी र बाँकी ९ जना प्रथम श्रेणीमा पास भएका छन् ।

यस वर्ष धादिङ जिल्लामा नियमित तर्फ ३ हजार ६ सय ५४ विद्यार्थीहरु उतीर्ण भएका छन् भने एक्जामटेड तर्फ ३ सय ३४ जना विद्यार्थीहरु उतीर्ण भएका छन् । परीक्षा नियन्त्रण कार्यलय सानो ठिमि भक्तपुरले शुक्रबार प्रकाशित गरेको नतिजा अनुसार धादिङ जिल्लाबाट नियमित तर्फका विद्यार्थीहरु मध्ये २ सय ४० जना विशिष्ट श्रेणीमा, १ हजार ३ सय २० जना प्रथम श्रेणीमा, २ हजार ४ जना द्धितीय श्रेणीमा र १ सय २३ जना तृतीय श्रेणीमा पास भएका छन् । त्यस्तै एक्जामटेड तर्फ २ जना प्रथम श्रेणीमा, २ सय ४६ जना द्धितीय श्रेणीमा र ९० जना तृतीय श्रेणीमा पास भएको जिल्ला शिक्षा कार्यलय धादिङका विद्यालय निरीक्षक कृष्ण अधिकारीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ