कोपा अमेरिका: इक्वेइडरलाई ३-० हराउदै अर्जेन्टिना सेमिफाइनलमा

असार २०, २०७८

धादिङ – कप्तान लिओनल मेसीले एक गोल र दुई एसिस्ट गरेको खेलमा जित निकाल्दै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार विहान सकिएको खेलमा इक्वेइडरलाई ३-० गोलले पराजित गर्दै अर्जेन्टिना अन्तिम चारमा पुगेको हो । 

अर्जेन्टिनाको जितमा डि पाउल, लाउटारो मार्टिनेज र लिओनल मेसीले एक-एक गोल गरे ।

खेलको ४० मिनेटमा डि पाउलले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । मेसीले उपलब्ध गराएको पासमा उनले बललाई गोल पोस्टको दिशा दिए ।

खेलको ४५ मिनेटमा अर्जेन्टिनाले अग्रता दोब्बर बनाउने सुवर्ण अवसर खेर फालेको थियो । गोन्जालेजले मेसीको पासमा हेडमार्फत प्रहार गरेको थिए । तर उक्त प्रहारलाई इक्वेइडरका गोलकिपरले फर्काए । रिबाउन्डमा गोन्जालेजको प्रहार सफल हुन सकेन ।

८४ मिनेटमा अर्जेन्टिनाले अग्रता दोब्बर पार्‍यो । मेसीले दिएको पासमा मार्टिनेजले पेनाल्टी एरियाबाट फिनिसिङ गरेका थिए ।

दोस्रो हाफको इन्जुरी टाइममा इक्वेइडर १० खेलाडीमा सीमित बन्यो । अर्जन्टिनाका डि मारियालाई फल गरेपछि इक्वेइडरका हिन्कपीलाई रातो कार्ड दिइएको थियो ।

लगत्तै अर्जेन्टिनाले तेस्रो गोल गर्‍यो । लिओनल मेसीले उनले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

ला लिगामा बार्सिलोना विजयी

भुटान जाने नेपाली टोलीकाे बिदाई

पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक

अम्पायरिङ र क्रिकेट गतिविधिमा संलग्न नगराउन क्यानको निर्देशन

सूचना विभागले रोक्यो अनलाइन दर्ता र नवीकरण