नीलकण्ठको मतदान रोकियो, धुनिवेसीसहित ८ पालिकामा सर्वसम्मत

अशोज ९, २०७८


धादिङ– नेपाली कांग्रेस धादिङ नीलकण्ठ नगरपालिकाको अधिवेशन मतदान सुरु भएको केहिबेरमै रोकिएको छ ।

मतदानस्थलमा दुई पक्षबीच विवाद हुन थालेपछि मतदान स्थगित गराएको हो । नीलकण्ठ नगरपालिकामा भिम ढुंगानाबाट पक्ष शम्भुसिङ ठकुरी र रामनाथ अधिकारी पक्षबाट ध्रुव रिजाल अध्यक्षका उम्मेदवार छन् ।

धुनिवेसी नगरपालिकासहित ८ पालिकामा सर्वसम्मत सभापति चयन भएको छ । धुनिवेसीमा सुरज उप्रेती, गल्छी गाउँपालिकामा दिपक कार्की, थाक्रे गाउँपालिकामा रामप्रसाद बिडारी, गजुरी गाउँपालिकामा भुमी कडेल, वेनिघाट रोराङ गाउँपालिकामा रिसी त्रिपाठी, ज्वालमुखी गाउँपालिकामा रेशमराज काप्री, त्रिपुरासुन्दरी गाउँपालिकामा राजु उप्रेती, खनियाबासमा मरिचमान तामाङ सर्वसम्मत सभापतिमा निर्वाचित भएका छन् ।

सिद्दलेक गाउँपालिकामा मतगणना हुँदै गरेको काङ्ग्रेस धादिङले जनाएको छ । गङ्गाजमुना गाउँपालिकामा सभापतिका लागि मात्रै मतदान भएको छ ।

रुबिभ्याली, नेत्रावती गाउँपालिकामा पनि सर्वसम्मतको प्रयास भैरहेको बताइएको छ ।

केन्द्रमा देखिएको गुटको प्रभाव नीलकण्ठ नगरपालिकामा प्रत्यक्ष देखिएको छ । धादिङमा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका दिलमान पाख्रिन र रामचन्द्र पौडेल पक्षका रामनाथ अधिकारी मुख्यगरी दुई धारमा देखिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ