ला लिगामा रियललाई झट्का

अशोज १८, २०७८

धादिङ : स्पेनिस ला लिगाको शीर्षटोली रियल म्याड्रिड आइतबार राति भएको खेलमा रियल स्पान्योलसँग २–१ गोलले पराजित भयो । जारी लिगमा रियलको यो पहिलो हार हो । रियललाई हार चखाउन स्पान्योलका राउल डे टोमस र एलेक्स भिडालले गोल गरे । रियलका करिम बेन्जेमाले सान्त्वना गोल फर्काएका थिए ।

प्रतिस्पर्धात्मक खेलमा स्पान्योलले १७औं मिनेटमा खाता खोलेको थियो । टोमसले एड्रियन एम्बार्बाको पासमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाए । त्यसपछि ६० औं मिनेटमा भिडालले गोल गर्दै स्पान्योलको अग्रता दोब्बर बनाए । भिडालले केइदी बारेको पासमा गोल गरेका थिए ।

पाहुना टोली रियलले खेलको सुरुवातदेखि आक्रमण बुनेपनि पहिलो हाफमा गोल गर्न सकेन । ७१औं मिनेटमा कप्तान करिम बेन्जेमाले गोल गर्दै रियललाई खेलमा फर्काउने प्रयास गरे । बेन्जेमाले लुका जोभिकको पासमा गोल गरेका थिए । जारी लिगमा बेन्जेमाको यो नवौं गोल हो । उनी सर्वाधिक गोलकर्ताको शीर्ष सुचीमा छन् ।

हारेपनि रियल शीर्षस्थानमा यथावत छ । आठ खेलमा पाँच जित, दुई बराबर र एक हार खेपेको रियलको १७ अंक छ । रियललाई हराएको स्पान्योल नौ अंक जोड्दै १३औं स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको साविक विजेता एट्लेटिको म्याड्रिड र तेस्रो स्थानमा रहेको रियल सोसिडाडको पनि समान १७ अंक छ ।

आइतबार राति नै भएको खेलमा सोसिडाड गेटाफेसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । अर्को खेलमा १० खेलाडीमा समेटिएको सेभिया ग्रानाडासँग १–० गोलले पराजित भयो । अन्य खेलमा भिल्लारियलले रियल बेटिसलाई २–० र इल्चेले सेल्टा भिगोलाई १–० गोलले पराजित गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ