अब चितवनमा नै तरकारीको परीक्षण

असार २१, २०७२

simi

चितवन – तरकारीमा विषादीको प्रयोग बढी पाइएपछि न्यूनीकरण गर्ने उद्देश्यले चितवनको नारायणगढमा प्रयोगशाला स्थापना गरेर तरकारीको परीक्षण गरिने भएको छ ।

काठमाडौँको कालीमाटीमा तरकारी परीक्षणका क्रममा यहाँ उत्पादित तरकारी तथा फलफूलमा विषादी बढी पाइएको पुष्टि भएपछि विषादी प्रयोग न्यूनीकरणका लागि यसरी परीक्षण गर्न लागिएको हो । नारायणगढमा प्रयोगशाला नै स्थापना गरेर परीक्षण गर्न लागिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । अघिल्लो वर्षको परीक्षणमा चितवनसहित काभ्रे र धादिङमा उत्पादित तरकारीमा समेत बढी विषादी फेला परेको थियो । त्यसैले यी जिल्लामा प्रयोगशाला स्थापना गरेर परीक्षण गर्न जानकारी आएको कार्यालयका योजना शाखा प्रमुख सन्तोषराज पौडेलले जानकारी दिनुभयो ।

काठमाडौँ लगायत पोखरा र बुटवलमा यहाँ उत्पादित तरकारी बढी जाने गरेको छ । पछिल्लो समयमा जिल्लामा व्यावसायिक तरकारीखेती फस्टाउँदै गएको छ । कृषि विकास कार्यालयकाअनुसार अघिल्ला वर्षभन्दा यो वर्ष यहाँ १५ देखि २० प्रतिशतले तरकारीमा विषादीको प्रयोग घटेको पाइएको छ । बाली संरक्षण अधिकृत कमलनाथ वाग्लेले रासायनिक विषादीको प्रयोग घटाएर किसान जैविक विषादीतर्फ आकर्षित भएको पाइएको बताउनुभयो । जिल्लामा जैविक विषादीको उद्योगसमेत सञ्चालन हुन थालेका छन् ।

लाइभ केयर, एग्रीकेयर, जैविक विषादी स्रोत केन्द्रलगायतले यहाँ जैविक विषादी उत्पादन गर्दै आएका छन्, भने किसान आफैँँले जैविक मलसमेत बनाउन सक्रिय भएका छन् । गएको वर्षको तथ्याङ्कमा जिल्लामा खाद्यान्न बालीमध्ये सबैभन्दा बढी तरकारीमा विषादी प्रयोग हुने गरेको पाइएको छ । विभिन्न एग्रोभेटलेसमेत किसानले विषादी खरिद घटाएको जनाएका छन् ।

अघिल्लो वर्ष सार्वजनिक तथ्याङ्कअनुसार प्रयोग भएका विषादीमध्ये तरकारीमा मात्रै करिब ९० प्रतिशत विषादी प्रयोग हुने गरेको थियो । काठमाडाँैमा प्रयोगशाला नै राखेर विषादी परीक्षण हुन थालेपछि किसान सचेत भएका वाग्लेले बताउनुभयो । उक्त तथ्याङ्कमा जिल्लामा प्रतिहेक्टरमा एक हजार ४०० ग्राम विष प्रयोग भइरहेको छ । विषादी प्रयोगका दृष्टिले चितवन २५औँ जिल्लामा पर्छ ।

यहाँ प्राङ्गारिक कृषि खेतीलाई प्रोत्साहन गरिएको र करिब २०० भन्दा बढी किसान तरकारीखेतीमा सक्रिय रहेका वाग्लेले बताउनुभयो । जिल्लामा सबै मौसममा गरेर छ हजार २०० हेक्टर क्षेत्रमा तरकारीखेती हुँदै आएको छ । हलो खबरबाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ