विपद जोखिम न्युनीकरण सम्बन्धि २ दिने अभिमूखीकरण सुरु

फाल्गुन १८, २०७८

धादिङ– सदरमुकाम धादिङबेसीमा समावेशी विपद जोखिम न्युनीकरण सम्बन्धि २ दिने अभिमूखीकरण कार्यक्रमबाट सुरु भएको छ ।

भुकम्प प्रभावित नगरपालिकाहरुमा स्वास्थ्य क्षेत्र तथा समुदाय उत्थानशीलता सुदृढीकरण परियोजना अन्तर्गत समावेशी विपद जोखिम न्युनीकरणलाई स्थानीय तहका योजना तथा कार्यक्रममा मुलप्रभाहीकरण गरी समुदायको उत्थानशीलता गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । ह्याण्डिक्याप इन्टरनेशनल र अपाङ्ग कल्याण संघको संयुक्त आयोजनामा २ दिने अभिमूखीकरण कार्यक्रम शुरु गरीएको हो ।

कार्यक्रममा विपद जोखिम न्युनीकरण तथा व्यवस्थापनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा भएका नितिगत व्यवस्था, विपद व्यवस्थापन र जलवायु परिर्वतन अनुकुलनको अवधारणा, संकटासन्न व्यक्ति तथा समुहको समावेशीता, स्थानीय तहमा भए गरेका क्रियाकलापहरु, आगामी योजना, सामाजिक संरक्षणका प्रावधानहरुलाई समावेशी विपद जोखीम न्युनीकरणमा समाहित गराउने विषयमा छलफल भैरहेको छ । २ दिन सम्म सञ्चालन हुने कार्यक्रममा स्थानीय तहका प्रतिनिधी, कर्मचारी तथा संचारकर्मीहरुको सहभागिता रहेको छ ।

कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उपमेयर मनराज भण्डारीले विपद जोखिम न्युनीकरण अभियानमा अपाङ्गता भएकाहरुलाई पनि समेटेर कार्यान्वयनमा लैजाने बताए । विपत्तिमा झन जोखिममा हुने हुदा अपाङ्गता भएकाहरुलाई विशेष प्राथमिकता दिनु पर्ने उनकोभनाई छ । निति नियम बनाउदा देखि कार्यान्वयन चरणसम्म अपाङ्गता भएकाहरुलाई प्राथमिकतामा राख्नु पर्ने नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष राजाराम शर्माले बताए ।

‘अपाङ्गता भएकै कारण सरकारले दिने सेवा तथा सुविधाबाट उनीहरु बञ्चित छन् । विपत्तिको समय झनै जोखिममा परिरहेका हुन्छन् । प्राकृतिक प्रकोपलाई रोक्न सकिदैन । तर पूर्व तयारी गर्न सके त्यस्ता प्रकोपहरुबाट हुन सक्ने विपत्तिलाई कम गर्न र निति बनाउने तथा कार्यान्वयनमा पनि उस्तै जोड दिन सके जोखिम र विपत्ति कम गर्न कार्यक्रमले सहयोग पुग्नेछ’ अध्यक्ष शर्माले भने । अन्तरक्रियाको पहिलो दिन, अपाङ्गताको प्रकार, राज्यले दिने सेवा तथा सुविधा, विपतको समयमा राहत तथा उद्धार, स्थानीय तहमा हुने योजना तथा कार्यान्वयनको पहँुचका विषयमा छलफल गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ