धादिङ– धादिङबेसीमा आयोजित समावेशी विपद जोखिम न्युनीकरण सम्बन्धि २ दिने अभिमूखीकरण कार्यक्रमको विहिबार समापन गरिएको छ ।

भुकम्प प्रभावित नगरपालिकाहरुमा स्वास्थ्य क्षेत्र तथा समुदाय उत्थानशीलता सुदृढीकरण परियोजना अन्तर्गत समावेशी विपद जोखिम न्युनीकरणलाई स्थानीय तहका योजना तथा कार्यक्रममा मुलप्रभाहीकरण गरी समुदायको उत्थानशीलता गर्ने उद्देश्यले ह्याण्डिक्याप इन्टरनेशनल र अपाङ्ग कल्याण संघले कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा विपद जोखिम न्युनीकरण तथा व्यवस्थापनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा भएका नीतिगत व्यवस्था, विपद व्यवस्थापन र जलवायु परिर्वतन अनुकुलनको अवधारणा, संकटासन्न व्यक्ति तथा समुहको समावेशीता, स्थानीय तहमा भए गरेका क्रियाकलापहरु, आगामी योजना, सामाजिक संरक्षणका प्रावधानहरुलाई समावेशी विपद जोखिम न्युनीकरणमा समाहित गराउने विषयमा छलफल भएको छ ।
अन्तरक्रियाको अपाङ्गताको प्रकार, राज्यले दिने सेवा तथा सुविधा, विपतको समयमा राहत तथा उद्धार, स्थानीय तहमा हुने योजना तथा कार्यान्वयनको पहँुचका विषयमा छलफल गरिएको छ । अन्तक्र्रियामा सहभागीहरुबाट विपदको बेला गर्नुपर्ने उद्धारका विषयमा डेमोस्ट्रेशन पनि गरिएको थियो ।