छमछमी म्हेन्दोमाया नाचेर मनाइयो धादिङमा ल्होसार

फाल्गुन १९, २०७८

धादिङ– धादिङका तामाङ समुदायले वृहत सांस्कृतिक कार्यक्रमको साथमा विहिबार २८५८ औं सोनाम ल्होछार मनाएका छन् । सोनाम ल्होसारको अन्त्य गर्दै ग्याल्पो ल्होसारको सुरुवात गरी म्हेन्दोमाया कलाकार संघ जिल्ला कार्य समिति धादिङले बृहत सांस्कृतिक कार्यक्रम कार्यक्रम आयोजना गरेको हो ।

विगतका वर्षहरुमा तामाङ समुदायले माघ महिनामा तामाङ ल्होछार मनाउने गरेको भएपनि यो वर्ष कोरोना कारण माघमा कुनै कार्यक्रम नगरी कार्यक्रम गरिएको म्हेन्दो माया कलाकार संघ धादिङले जनाएको छ ।

‘सोनाम ल्होछारलाई राष्ट्रिय पर्वको रुपमा विकास गरौँ’ भन्ने नाराका साथ म्हेन्दोमाया कलाकार संघ धादिङले आयोजना गरेको शुभकामना आदान प्रदान तथा वृहत सांस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानिय म्हेन्दोमाया कलाकारहरुले सांस्कृतिक प्रस्तुती प्रस्तुत गरिरहेका छन् ।

कार्यक्रममा म्हेन्दोमाया कलाकारहरु युवि मङ्ग्रेसा, रमला पाख्रिन, रोसन फ्युुवा, मनमाया वाइबा, आरम्भ तामाङ, डोल्मा मनाङ थेन, आरवि लामा वाङ्देन, फुुर्वा लामा जयबिर तामाङ लगायतका कलाकारहरुले सांस्कृति प्रस्तुती प्रस्तुत गरेका थिए । कार्यक्रममा पूूर्व कानुुन राज्यमन्त्रि दिलमान पाख्रिनको प्रमुुख अतिथ्य तथा पुर्व पर्यटन राज्य मन्त्रि परशुराम तमाङको विशेष आतिथ्य रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ