धादिङ– सदरमुकाम धादिङबेसीमा शुक्रवार बृहत खुल्ला रक्तदान कार्यक्रम गरिएको छ ।
नारी जागरण केन्द्र धादिङको २३ औँ स्थापन दिवस एवं १ सय १२ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसमा नारी जागरण केन्द्र धादिङ र अन्तराष्ट्रिय धादिङ समाजको संयुक्त आयोजनामा धादिङ अस्पताल परिसरमा रक्तदान कार्यक्रम गरिएको हो ।
रक्तदान कार्यक्रममा १९ जना पुरुष र १६ जना महिला गरी जम्मा ३५ जनाले रगत दान गरेका छन् ।