सुन आयातमा कटौती, दैनिक कोटा १० किलो मात्रै !

फाल्गुन २२, २०७८

काठमाडौ– विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि नेपाल राष्ट्र बैंकले सुन आयातको सीमा घटाएको छ। केन्द्रीय बैंकले आज एक सूचना जारी गरी दैनिक १० किलोग्राम मात्र सुन आयात गर्न पाइने व्यवस्था गरेको हो।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी विनिमय कारोबार गर्न अनुमति पाएका निकायलाई आजै परिपत्र गरी सुन विक्री वितरणसम्बन्धी कार्यविधि, २०६८ को दफा ९४० लाई संशोधन गरिएकाले सोही बमोजिम गर्न निर्देशन दिएको छ।

सुन आयातको कोटा कटौतीको परिपत्र नेपाल राष्ट्र बैंकबाट प्राप्त भएको नेपाल सुन चाँदी व्यवसायी महासंले जनाएको छ । दैनिक २० किलो सुन बजारमा खपत भइरहेको बेला यस्तो निर्णय आएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ