कस्ले उपचार गरिदेला शान्ति चेपाङको आँखा ? (भिडियोसहित)

फाल्गुन २३, २०७८

शंकर श्रेष्ठ
धादिङ-
शान्ती चेपाङ बुढी आमाको पिठ्यु चडेर हारगुहार गर्दै हिँडिरहेकी छिन् । महिना दिनदेखि कहिले स्कुलतिर पुग्छिन्, कहिले गाउँकै स्वास्थ्य चौकी पुग्छिन् त कहिले बजारतिरका घरदैलो धाउँदै छिन् । तर उपचार गरिदिने कोही भेटेकी छैनन् । २१ वर्षिय शान्ति भन्छिन्– ‘मैले दुखाई सहन सहिन कि मलाई मारिदिनुस् नत्र मेरो आँखा विसो पारिदिनुस् ।’

धादिङको वेनिघाट रोराङ–२, आपटारकी शान्तिको दुबै आँखाका गेडी बाहिर निस्किएका छन् । देब्रे आँखाको नानीमा मासु पलाएको छ । एकनासले आँसु बगिरहन्छ । रुमालले आँसु पुछेर पत्तै लाग्दैन । मानिसहरु उनको आँखा हेर्न समेत डराउँछन् । डरलाग्दो आँखा बोकेर उनले धेरै ठाउँ चाहरिसकिन् । ‘टाउको पनि घनले हानेजस्तै बल्किन्छ, ब्रुसेट खाएर सुत्छु भन्दा पनि निदाउन मिल्दैन’ उनको पीडा परैबाट देखिन्छ ।

उपचारको गुहार माग्दामाग्दै अब त उठ्नै नसक्ने अवस्थामा पुगिसकेकी छन् । आमाको पिठ्युबाट झरेर सिधा उभिन पनि उनलाई मुस्किल छ । भन्छिन्–‘मेरो शरीर गल्यो, कस्ले बचाइदेला र मलाई, अब बाँच्ने आश पनि मरिसक्यो ।’ ‘सकुन्जेल खपेरै बसेँ अहिले त खप्नै नसक्ने भए’ परेलाबाट बाहिर निस्किएका आँखाका गेडी रुमालले पुछ्दै उनले पीडा पोखिन् ।

‘कुनै कारणले आँखा रातो भएको छ ? आँखा दुखेको छ ? या आँखामा पीडा भएको छ ? अलिकति पनि ढिला नगरी राम्रो आँखा अस्पतालमा जानुहोस् । ढिला भएमा आँखामात्र हैन, ज्यानै गुम्ने खतरा हुन्छ’ भन्ने सुनेका उनी अहिले निकै आत्तिएकी छन् ।

पैसा नभएकै कारण दुखाई कम गर्ने औषधि समेत खान पाएकी छैनन् । ‘अस्पतालको डाक्टरले अप्रेशन गर्न पैसा चाहिन्छ भन्यो, त्यसै फर्किएँ’ पैसा नभएकै कारण अस्पतालबाट आँखाको उपचार नगराई फर्किनुपरेको शान्तिले बाध्यता सुनाईन् ।

छिमेकी र आफन्तहरुसँग थोरै पैसा जम्मा गरेर उपचारको लागि त्रिपुरेश्वर आँखा अस्पताल पुगेकी पनि रहिछन् । चेक गर्दा चिकित्सकले अपरेशन गर्नुपर्छ, पैसा लाग्छ भनेपछि फर्किएको शान्तिकी आमा निरमाया चेपाङले बताईन् ।

२ वर्षअघिदेखि उनले थाइराइडको औषधि खाँदै आएकी थिइन् । २ महिना अगाडि बुबाको मृत्यु भएपछि उनले औषधि खान पाएकी छैनन् । थाइराइडकै कारण आँखाको दृष्टिनशामा समस्या भएर आँखाको गेडी बाहिर निस्किएको हो । ‘अस्पतालले थाइराइडको औषधि बाँचुन्जेल छुटाउन हुन्न भनेको थियो, पैसा नभएर औषधि खान छोडेपछि आँखा यस्तो बन्यो’ निरमायाले बताईन् ।

छोरीको आँखा विसो हुने आसै आसमा शान्तिको आमाले गाउँका धेरै मन्दिर, चर्च र ससन समेत चारिसकिन् । गाउँमा झाक्री त कति लगाइन् गन्ती नै छैन । रातदिन नभनी पटुकाले छोरी बोकेर झाक्रीकोमा धाउँदा पनि निको हुने छाँट नदेखेपछि छोरी बोकेर उपचारको लागि गुहार माग्दै हिँडेको निरमायाँले बताउँछिन् ।

‘कमाएर ल्याइदिने बुढा (श्रीमान)को पनि २ महिनाअघि एक्कासी मृत्यु भयो । त्यसपछि छोरीलाई औषधि किन्न पनि सकिन, बुढाले त छोडेर गयो छोरी पनि माया मार्नुपर्ने भयो’ बाटोमा भेट्ने जो कोहीलाई विलौना सुनाउँदै गर्दा निरमायाँको आँखाबाट धरधरी आँशु चुहिन्छ । अस्पताल लाने पैसा नभएर झाक्रीकै भरमा झारफुक गर्दागर्दै बुढा गुमाउनु परेको निरमायाले पीडा सुनाइन् ।

चेपाङ परिवारमा खानपान नभएर शरीर कमजोर बनेकै कारण शान्तिको बुबा हरि बहादुर चेपाङको मृत्यु भएको स्थानीय विष्णु सेडाईले बताए । हरि बहादुरको १३औं दिनको किरिया पनि गाउँलेहरुले चन्दा उठाएर गराइदिएको सेडाइले जानकारी दिए । शान्तिका बुवाको काजकिरिया पनि चन्दा उठाएर गरिएकोले अहिले फेरी गाउँमा चन्दा सहयोग माग्न सक्ने अवस्था नभएलेले अन्यौल परेको सेडाईले बताए ।

स्वास्थ्यकर्मीहरुका अनुसार आँखाको गेडा, पर्दा, दृष्टिनशा, आँसु ग्रन्थीलगायतका अंगहरूमा समस्या आएका विरामीले बेलैमा उपचार नपाए ज्यानै समेत जान सक्छ ।

तलको लिंकमा क्लिक गरेर भिडियो हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ