सिद्दलेकको कालिदह र कुम्पुर जोड्न अब पक्की पुल !

फाल्गुन २७, २०७८

धादिङ– सिद्दलेक गाउँपालिका–१ कालिदह र सिद्दलेक–१ कुम्पुर जोड्ने मोटरेबल पक्की पुल निर्माणको काम सुरु भएको छ ।

थोपलखोलामाथी बन्न लागेको पुलको आज बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले अबको केही महिनाभित्रै पुल निर्माण सम्पन्न हुने बताए ।

विकास निर्माणको काम जति छिटो सम्पन्न गर्न सकियो त्यतिनै छिटो स्थानीयले लाभ लिन सक्ने भन्दै पुल निर्माण छिटो सक्न स्थानीयसँग आग्रह गरे । ‘एक दिन होइन, एक घण्टा मात्रै छिटो हुनु पनि तपाइहरुकै लागि लाभ हो’ उनले भने ।

पुलको मात्रै स्टमेट भएकोले वारी र पारीको बाटोको पनि तत्काल स्टमेट बनाएर काम गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन गरेका छन् । ‘स्टमेट अपाङ्ग रहेछ, यो कुराले पुल बनिसकेपछि अर्काे समस्या सिर्जना गराउछ, त्यसकारण तुरुन्तै स्टमेट गराएर हामीलाई दिनुहोला’ मुख्यमन्त्री पाण्डेले भने,–‘बाटो विनाको पुलमा लगानी खेर नजाओस् ।’

मामिला तथा योजना मन्त्री जम्कट्टेले पनि कालिदहमा पुल निर्माण गर्ने आफ्नो वर्षाैअघिदेखिको बचन पुरा भएको भन्दै खुसी व्यक्त गरे । थोपलखोलामाथी बनेको पुलले गाउँगाउँको विकासले फड्को मार्ने उनले बताए ।

भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत प्रादेशिक सडक डिभिजन कार्यालयले पुल निर्माण गर्न लागेको हो । निर्माणको लागि सूर्य कन्ट्रक्सनले ४ करोड ६१ लाखमा ठेक्का पाएको छ । ३० मिटर लामो पुल आगामी १८ महिनाभित्र सम्पन्न गरिसक्ने सम्झौलामा उल्लेख छ ।

पुल निर्माण पश्चात कालिदहबाट सुकौरा, चाँपखोला, बागबच्छला मन्दिर घुमेर परेवाटर झर्न सकिन्छ भने सुकौराबेसी मस्र्याङछाप हुँदै सुनौलाबजार घुमेर सदरमुकाम झर्न सकिने स्थानीय कमलकुमार श्रेष्ठले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ