नुवाकोटमा देउवा, ट्वीटरमा रावलको कटाक्ष

फाल्गुन ३०, २०७८

धादिङ– नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी परियोजनाको विरोध गरेकोमा प्रतिपक्षी दल नेकपा एमालेका नेता भीम रावलप्रति आक्रोश व्यक्त गरेका छन् ।

नुवाकोटको किस्पाङ र तादी गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले रावलले दुई जिभ्रे कुरा गरेको आरोप लगाए । रावलले मन्त्री हुँदा एमसिसीको विरोध नगरेको तर अहिले विरोध गरेको भन्दै देउवा आक्रोशित भएका थिए ।

‘आफू क्याबिनेटमा हुँदा पास गरेर संसदमा ल्याउने, मैले ओलीजीले ल्याएको प्रस्ताव पास गर्न खोज्दा किन टाउको दुखाउने ?’, प्रधानमन्त्री देउवाले भने– ‘अरूलाई टाउको दुखेको छैन, भीम रावललाई किन टाउको दुख्यो । उहाँ त्यसबेला मन्त्री हुनुहुन्थ्यो, उसबेला दिमाग खुस्किएको थियो? थाहा छैन भन्ने ठान्नुहुन्छ यहाँ ?’ ओली सरकारमा रावल रक्षामन्त्री हुँदा त्यो मन्त्रिपरिषदले एमसिसी पारित गरी संसदमा प्रस्ताव ल्याएको देउवाको भनाई छ ।

‘त्यसबेला किन विरोध गर्नुभएन ? राजीनामा किन दिनु भएन’, रावललाई प्रश्न गर्दै देउवाले भने, ‘अहिले आएर बोल्न लाज छैन ? भीम रावल के हेरेर बसे त्यसबेला अहिले विरोध गर्दैछन् ।’

भीम रावलको ट्वीटर जवाफ
नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले आफूमाथि लगाएको आरोपको प्रतिवाद गरेका छन् ।

नुवाकोटमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले रावलमाथी कटाक्ष गरेको केहीबेरमै जवाफमा रावलले आफू मन्त्री भएका बेला मन्त्रिपरिषदबाट एमसीसी पारित नभएको जिकिर गरेका छन् । ‘म केपी ओलीजी पहिलो पटक प्रधानमन्त्री भएको बेला उपप्रधानमन्त्री र रक्षामन्त्री थिएँ । ओलीले एमसीसीसँगको सम्झौता संसदमा ल्याएको बेला होइन । अतः मेरो मन्त्रिपरिषदमा सहमति रहेको भन्ने कुरै रहेन’ रावलले ट्विटरमार्फत जवाफ दिएका छन् ।

नेता रावलले प्रधानमन्त्रीले आफूमाथि तुच्छ शब्द प्रयोग गरेको भन्दै पदीय मर्यादा कायम गर्न आग्रह गरेका छन् । ‘देशको प्रधानमन्त्रीले प्रयोग गरेका तुच्छ शब्दहरु लोकतन्त्रमा त्याज्य भएकोतर्फ ध्यान दिए तपाईंको पदीय मर्यादा कायम रहला’ रावलले भनेका छन् ।
नेता रावलले देउवाले संसद नियमावली र संविधान मिचेर, जनआवाजमाथि दमन गरेर बाह्य शक्तिलाई रिझाउन होहल्लाका बीच एमसीसी अनुमोदन गराएको टिप्पणी गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ