धादिङ– गजुरी गाउँपालिका वडा नम्बर ५ घाटवेशींमा निर्माण भएको नवनिर्मित वडा कार्यालय भवन सोमबार उद्घाटन गरिएको छ ।
६० लाखको लागतमा निर्माण भएको ५ कोठे भवनको भव्य कार्यक्रमसहित उद्घाटन गरिएको हो । अघिल्लो आर्थिक वर्षबाट सुरु भएको भवन निर्माणको काम एक महिना अघि सम्पन्न भएको थियो ।
उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा क्षेत्र नम्बर १ सांसद भुमि प्रसाद त्रिपाठी, गजुरी गाउँपालिका उपाध्यक्ष सीता ढुंगाना, कार्यकारी प्रमुख राजन घिमिरेलगायतले सम्बोधन गरेका थिए ।