धादिङ– मोटरसाइकल दुर्घटनामा परी निधन भएका नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फेनिज) जिल्ला शाखा सिन्धुलीका कार्यसमिति सदस्य अन्जन राना मगरको परिवारलाई सहयोग हस्तान्तरण गरिएको छ ।
फोनिज बागमती प्रदेशकोे अगुवाईमा संकलन भएको सहयोग रकम बागमती प्रदेश समितिका अध्यक्ष युवराज श्रेष्ठले घरमै रानाको घरमै पुगेका उनको परिवारलाई हस्तान्तरण गरेका हुन् ।
सामाजिक संजाल फेसबुक म्यासेन्जरमार्फत सहयोज अभियान चलाएर फेनिज जिल्ला शाखाहरु र फोनिजकर्मी पत्रकारहरुबाट संकलन भएको एकमुष्ट ७७ हजार १ सय २६ रुपैँया परिवारलाई हस्तान्तरण गरिएको फोनिज बागमती प्रदेशका कोषाध्यक्ष शंकर श्रेष्ठले बताए ।
सिन्धुली जिल्ला शाखाले ३ लाखको अन्जन राना स्मृति अक्षयकोष स्थापना गर्ने भएको छ । रानाको छोरी आर्याको एसईईसम्म पढाई फोनिज सिन्धुलीको समन्वयमा आधुनिक बोडिङ स्कुलले निशुल्क गराउने भएको छ । रेडियो सिद्धबाबा सिन्धुलीका कार्यरत राना १० वर्षअघिदेखि पत्रकारितामा सक्रिय थिए ।