हतियार बुझाउन प्रशासनको आग्रह, इजाजत प्राप्तलाई पनि अनिवार्य

चैत्र ४, २०७८

धादिङ– जिल्ला प्रशासन कार्यालय धादिङले चैत्र २१ गतेभित्र इजाजतप्राप्त हातहतियारहरु समेत बुझाउन अनुरोध गरेको छ ।

प्रशासनले आगामी स्थानीय तहको निर्वाचनमा भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्थापन गरी भयरहित वातावरण सृजना गर्नु अपरिहार्य भएकाले इजाजतप्राप्त हातहतियारहरु नजिकको प्रहरी कार्यलयमा बुझाउन अनुरोध गरेको हो ।

यसरी बुझाइएका हातहतियारहरु सुरक्षित राखिने र निर्वाचनपछि हतियारधनीलाई नै फिर्ता गरिने प्रशासनले जनाएको छ ।

साथै, कोही कसैले बिना इजाजतका भरुवा तथा एयरगन राखेको भए त्यस्ता हतियार समेत बुझाउन प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

निर्धारित समयभित्र नबुझाउने व्यक्तिको हातहतियार खोजतलास गरी कानुनबमोजिम कारवाही गरिने समेत प्रशासनले चेतावनी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ