एमालेले खसी काटेर भोज लाउदैमा जनता फकिनेवाला छैन: राजेन्द्र पाण्डे

चैत्र ५, २०७८

धादिङ– बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले केपी ओलीले पार्टीलाई व्यक्तिगत कोटरी बनाए आफ्ना मान्छे भर्ती केन्द्र बनाएको टिप्पणी गरेका छन् ।

धादिङको धुनिवेसी नगरकमिटिको प्रथम अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले ओलीको सर्वसत्तावाद बिरुद्ध उभिन बाध्य हुनु परेको स्पष्ट पारे ।

‘ओलीको गोजीमा पार्टी केन्द्रिय कमिटी रह्यो’, नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष समेत रहेका पाण्डेले भने– ‘हामी अब सुधृढ र जनताको मर्म बुझ्ने अनुशासित पार्टी बनाउछौं, हामी युवाहरुलाई प्राथमिकता दिने पार्टी बनाउने छौँ ।’ खसी काटेर गाउँगाउँमा भोज लाउदै मान्छे फकाएर कम्युनिस्ट पार्टी अघि नबढ्ने उनले तर्क गरे । बागमती प्रदेश सरकारबाट धुनीबेसीमा भैरहेको बिकासको बिषयमा जानकारी गराएका थिए ।

उद्घाटन समारोहलाई नेकपा एकिकृत समाजवादीका पोलिटव्युरो सदस्य गुरु प्रसाद बुर्लाकोटी, केन्द्रिय मायादेवी शर्मा, इन्दिरा ढुंगाना, प्रदेश कमिटि सदस्य एवं् धुनिवेसीका मेयर बालकृष्ण आचार्य, जिल्ला कमिटिका उपाध्यक्ष नारायण कार्की, सचिव सुवास खतिवडा र युवा नेता कुमार पाण्डेले सम्बोधन गरेका थिए ।

धुनिवेसी नगरपालिका ५ धुनिवेसी पार्कमा सम्पन्न अधिवेशनले ७८ सदस्यीय नगर कमिटि घोषणा गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ