क्रिकेटमा धादिङ र चितवन सेमीफाइनल प्रवेश , हेटौंडामा तेक्वान्दो खेलको उद्घाटन

चैत्र ५, २०७८

चितवन– चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पुरुष तर्फको जारी क्रिकेट खेलमा धादिङ र चितवन सेमीफाइनल प्रवेश गरेको छ ।

शनिबार भएको पहिलो खेलमा टस जितेर ब्याटिङ राजेको काठमाडौंले २० ओभरमा ६ विकेट गुमाउदैं १८१ रन बनायो । धादिङले रनको लक्ष्य पुग्न १९ ओभरमा ६ विकेट गुमाउदैं १८३ रन बनाइ सेमीफाइनल यात्रा तय गरेको छ । सोमबार हुने सेमीफाइनलमा धादिङले काभ्रेसँग खेल्नेछ ।

त्यस्तै, दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको चितवनले १० विकेट गुमाउदैं १९.५ ओभरमा २१७ रन बनाएको थियो । नुवाकोटले २० ओभरमा ९ विकेट गुमाएर ११३ रन बनाएको थियो । चितवन १०४ रनले विजयी भएको छ । विजयी सँगै भोली मकवानपुरसँग सेमीफाइनल खेल खेल्ने खेल संयोजक प्रेम बहादुर क्षेत्रीले बताए ।

आइतबार दुई सेमीफाइनल खेल हुनेछ । पहिलो खेल मकवानपुर र चितवन तथा दोस्रो खेल काभ्रे र धादिङबीच हुने क्षेत्रीले बताउनुभयो । प्रतियोगितामा सिन्धुलीले सहभागिता जनाएको छैन् ।
काठमाडौंमा भोलीबाट एथलेटिक्स प्रतियोगिता हुनेछ । खेलको लागि सम्पूर्ण तयारी पुरा भएको खेल संयोजक आरके विष्टले बताए । खेल दशरथ रंगशालामा हुनेछ । सिन्धुपाल्चोकमा चैत्र ७ गतेबाट कराँते खेल हुनेछ भने काभ्रेमा चैत्र ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखी बक्सिङ खेल प्रतियोगिता हुने परिषद् सदस्य सचिव सुर्यलाल भण्डारीले जानकारी दिए ।

प्रतियोगिताको लागि आठ करोड ४ लाख रकम खर्च हुने अनुमान गरेको छ । विभिन्न खेलमा करिब २ हजार भन्दाबढी खेलाडीले सहभागिता जनाउनेछन् । खेलको समापन कार्यक्रम १२ गते शनिबार काभ्रेको धुलिखेलमा हुनेछ ।

हेटौंडामा तेक्वान्दो खेलको उद्घाटन
प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रथम खेलकुद प्रतियोगिता अन्तरगत तेक्वान्दो खेलको उद्घाटन भएको छ ।

सोमबार सम्म सञ्चालन हुने खेलमा शनिबार ५३ केजी मुनीको महिलातर्फ धादिङको प्रतिका तामाङलाई हराउदैं सिन्धुपाल्चोककी अन्जली तामाङ फाइनल प्रवेश गरेकी छन् भने दोलखाका अनुका जिरेललाई हराउदैं काठमाडौंकी रमिला रोक्का फाइनल प्रवेश गरेकी छन् ।

त्यस्तै, ५४ केजी मुनीको पुरुषतर्फ मकवानपुरका विप्लव वाईवालाई हराउदैं काभ्रेका रोशन केसी फाइनल प्रवेश गरेका छन् भने भक्तपुरका सञ्जय लामालाई हराउदैं दोलखाका रोशन खत्री फाइनल प्रवेश गरेको खेल संयोजक माधव कोइरालाले बताए । बाकीँ खेल आइतबार हुनेछ ।

हेटौंडामा आइतबार मकवानपुर र ललितपुरबीच फुटबलको फाइनल प्रतिस्पर्धा हुदैंछ । हेटौंडाको क्याम्पा रंगशालामा दिउँसो फाइनल खेल हुने खेल संयोजक कल्पना शर्माले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ