धादिङ – नवलपरासीको देवचुली नगरपालिका–१७ कुजौलीघाटस्थित नारायणीमा डुबेर बेपत्ता भएका किशोरको शव फेला परेको छ।
शुक्रबार बेलुकी होली खेलेर नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता भएका धादिङको नीलकण्ठ नगरपालिका–९ का १६ वर्षीय नवराज श्रेष्ठको शव आज बिहान फेला परेको हो।
श्रेष्ठको शव बेपत्ता भएको स्थानभन्दा २० मिटर तल ढुङ्गामा अड्किएको अवस्थामा किशोरका आफन्तले देखेपछि प्रहरीलाई खबर गरेका थिए।
खोजिकार्य गर्दै जाँदा डुबेर बेपत्ता भएको चारदिन पछि शव भेटिएको हो ।