जनजाति पत्रकारको निर्वाचन प्रक्रिया सुरु, सर्वसम्मतको प्रयास

चैत्र ७, २०७८

शंकर श्रेष्ठ
चितवन
– नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को सातौं संघीय समितिको निर्वाचन प्रक्रिया सुरु भएको छ ।

चितवनको सौराहामा जारी महाधिवेशनले संघीय समितिको संख्या थप गर्दै निर्वाचन प्रक्रिया अघि बढाएको हो । ३७ सदस्यीय संघीय कार्यसमितिको संख्या बढाएर ४७ सदस्यीय बनाउने गरि विधान संशोधन पारित गरेको छ ।

संशोधित विधान अनुसार अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ४ (खुल्ला १, महिला १, संस्थागत १, अल्पसंख्यक १),  महासचिव १,  सचिव ६ (खुल्ला ३, महिला १, संस्थागत १, अल्पसंख्यक १) र कोषाध्यक्ष १, सहकोषाध्यक्ष १ (महिला अनिवार्य) गरि पदाधिकारी चयन गर्नेछ ।

सदस्यहरुतर्फ वैदेशिक शाखाबाट १, खुल्ला सदस्य ५, महिला सदस्य ७, अल्पसंख्यक सदस्य ४ (२ महिला अनिवार्य) निर्वाचित हुनेछन् । सातै प्रदेशका इन्चार्जको पनि आजै टुंगो लगाउनेछ ।

समावेशीता लगायत महासंघको बढ्दो सदस्य संख्याका आधारमा थप पदहरु सिर्जना गरिएको फोनिज संघीय समितिले जनाएको छ ।
जातिय पहिचान र संचारमा समावेशिता फोनिजको मुल उदेश्य हो । कार्यक्रममा देशभरबाट प्रतिनिधिहरु सहभागी छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ