शंकर श्रेष्ठ, चितवन– नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को सातौं संघीय महाधिवेशनबाट गजुरधन राई अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
वरिष्ठ उपाध्यक्षमा लक्की चौधरी, महासचिवमा मिलन लिम्वु निर्विरोध निर्वाचित भएका छन् ।
मुख्य तीन पदमा निर्विरोध भए पनि केही पदाधिकारी र सदस्यहरुमा निर्वाचन भएको छ । चार उपाध्यक्ष मध्ये उपाध्यक्ष खुल्ला तर्फ अमरध्वज लामा विजयी भएका छन् । उपाध्यक्ष अल्पसंख्यकतर्फ कमन देवान निर्वाचित भएका छन् । संस्थागत उपाध्यक्षमा जगत दोङ, महिला उपाध्यक्षमा सरु राना निर्विरोध चयन भएका हुन् ।
सचिव (खुल्ला) र सचिव (महिला)पदका लागि पनि निर्वाचन भएको छ । खुल्ला सचिवमा समीर बलामी, विश्वराज तामाङ र बुद्दबिर वाहिङ राई विजयी भएका छन् भने सचिव (महिला)तर्फ अन्जना सिल्पकार विजयी भएका छन् । संथागत सचिवमा छेटु शेर्पा, अल्पसंख्यक सचिवमा एमन राईडोने सर्वसम्मत निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा चित्र बहादुर गुरुङ (लाला) र सहकोषाध्यक्षमा सन्छु ब्लोन तामाङ सर्वसम्मत निर्वाचित भएका छन् ।
सदस्यहरुमा सस्थागततर्फ ७, विदेश शाखा खुल्लातर्फ १, खुल्लातर्फ ८, महिलातर्फ ६, अल्पसंख्यक महिलातर्फ १, अल्पसंख्यक पुरुषतर्फ २ जना निर्वाचित भएका छन् ।
लेखा समिति संयोजकमा चन्द्र पन्दाक लिम्बू विजयी भएका छन् भने भकेन्द्र लावती विजयी भएका छन् । महिला सदस्यमा उर्मिला गम्बा निर्विरोध भएकी थिइन् ।

