एमाले धादिङले तीनवटा गाउँपालिकामा उम्मेदवार टुंगो लगायो

बैशाख ११, २०७९


धादिङ
: नेकपा एमालेले धादिङको जिल्लाको तीन वटा स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । जिल्लाको गल्छी, सिद्धलेक र गंगाजमुना गाउँपालिकामा उम्मेदवार टुङ्गाएको छ ।

गल्छी गाउँपालिका अध्यक्षमा केदार खतिवडा र उपाध्यक्षमा राधा तिमिल्सीनालाई उम्मेदवार बनाउने निर्णय गरिएको छ । खतिवडा २०५४ सालमा एमालेबाट निर्वाचित कल्लेरी गाउ“विकास समिति अध्यक्ष एवम् गल्छी गाउँ कमिटका अध्यक्ष हुन् भने तिमिल्सीना यसअघि गल्छी गाउँपालिकाका निर्वाचित उपाध्यक्ष हुन् ।

सिद्धलेक गाउँपालिका अध्यक्षमा पुनः प्रेमनाथ सिलवाल र उपाध्यक्षमा कमला शर्मा उम्मेदवार बन्ने भएको छ । यसअघि पनि अध्यक्ष र उपाध्यक्ष भएर ५ वर्षीय कार्यकाल पूरा गरेका सिलवाल र शर्मा नै यसपटक पनि उम्मेदवार बनेका छन् ।

त्यस्तै गंगाजमुना गाउँपालिका अध्यक्षमा भक्तबहादुर लामिछाने र उपाध्यक्षमा एन्जीला तामाङलाई सर्वसम्मत उम्मेदवार बनाउने गाउँ कमिटिले निर्णय गरेको छ । लामिछाने वडा अध्यक्ष हुन् भने तामाङ गाउँपालिका उपाध्यक्ष हुन् ।

एमालेले केही वडाहरुको उम्मेदरवार समेत टुङगो लगाएको छ । अन्य स्थानीय तह र वडाहरुको उम्मेदवार बेलुकासम्ममा टुंगो लगाउने नेकपा एमाले धादिङका सचिव राधिका सापकोटाले जानकारी दिइन् । आकांक्षी धेरै भएका कारण उम्मेदवार टुंगो लगाउन सकस परेको बताइएको छ । स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार उम्मेदवारी दर्ता तोकिएको छ । तर उम्मेदवारी दिने दिनसम्म पनि दलहरुलाई उम्मेदवार छान्नै सकस परेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ