दशैंको पाँचौ दिन, स्कन्दमाताको पूजाआजा

अशोज १४, २०७९

आज बडा दशैंको पाँचौ दिन हो । धार्मिक मान्यताअनुसार स्कन्दमाताको पूजाआजा गरेर मनाईंदैछ । आजका दिन हिन्दु धर्मावलम्बीहरुले जमरा घर र पूजा कोठामा माता स्कन्दमाताको पूजा आरधना गर्छन् ।

भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले उनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिएको हो । स्कन्दमाताले आफ्ना चार हातमध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कीर्तिकेयलाई काखमा च्यापेर बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गरेकी हुन्छन् । उनको वाहन सिंह हो ।

आज पनि देशभरका शक्तिपीठ र देवी मन्दिरमा बिहानैदेखि पूजाआजा गर्नेको भीड लागेको छ । काठमाडौंको गुह्वेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, बिजेश्वरी, नक्साल भगवती, भद्रकालीलगायत देवी दुर्गाका शक्तिपीठहरुमा घटस्थापनाको दिनदेखि पूजा गर्ने गरिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ