निर्वाचन आयोगले आज उम्मेदवारहरुको नामावली प्रकाशन गदै

अशोज २५, २०७९

काठमाडौं : निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको उम्मेदवारको नामावली आज प्रकाशन गर्दैछ। हिजो परेका उजुरी र मनोनयन पत्र जाँचबुझ गरी आज साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाहरूको उजुरीको छानबिन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले नै टुङ्गो लगाउने गरी आवश्यक व्यवस्था मिलाइएको बताए। आयोगले उम्मेदवारहरूमाथि परेको उजुरी पुष्टि हुने प्रमाण भेटिए उनीहरूको उम्मेदवारी स्वतः रद्द हुने जनाएको छ।

कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा भोलि बिहान १० देखि दिउँसो १ बजेसम्मको समय दिइएको छ। भोलि नै ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने तयारी आयोगले गरेको छ।

यसैबीच, प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो उम्मेदवारीविरुद्ध परेको उजुरीबारे आजै प्रस्टीकरण दिनुपर्ने भएको छ। नागरिकताको प्रतिलिपि र मतदाता नामावलीमा फरक जन्ममिति रहेको भन्दै हिजो देउवाको उम्मेदवारीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा उजुरी परेको छ।

देउवाका चुनावी प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले उजुरी दिनुभएको हो । देउवाको उम्मेदवारी खारेज हुनुपर्ने मल्लको माग छ।
देउवालाई उजुरीबारे प्रस्ट पार्न आज दिउँसो २ बजेसम्मको समय दिईएको डडेल्धुराका प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ