धादिङबेसीमा सप्तरंगी टिकाको पनि घट्यो व्यापार

कार्तिक ७, २०७९

सुशीला विश्वकर्मा
धादिङ –
भाईटिकाको मुख्य आकर्षण हो सप्तरंगी टिका । रातो, निलो, हरियो, पहेलो, कालो, सेतो लगाएत टिका बेच्न भारतीयहरु धादिङबेसी आईपुगेका छन् । नेपालका खुद्रा पसलमा खासै नपाईने भएकाले यस्ता टिका बेच्न भारतीयहरु नै नेपाल आईपुग्ने गरेका छन् । त्यसै मध्येका एक हुन् प्रेम चन्द्र दास ।

दासले धादिङबेसीको सडक पेटीमा सप्तरंगी टिका बेच्न राखेका छन् । हरेक वर्ष सप्तरंगी टिका बेच्न धादिङबेसी आईपुग्ने गरेका उनी भन्छन्– ‘ ४ वर्ष देखि सधै तिहारमा टिका बेच्न आउछौं तिहार सकिएपछि फर्किन्छौं । ’

धादिङबेसीको साँगुरो सडक पेटीको ठाउँमा ठाउँमा सप्तरंगी टिका बेच्न बसेका धेरै छन् । कसैकोमा ग्राहक धेरै जान्छन् त कसैकोमा खाली हुन्छ । तीनै व्यापारी मध्येका अर्का हुन् । अरविन्द कुमार दास । उनी सर्लाही देखि टिका बेच्नकै लागि धादिङबेसी आएका छन् । एक चम्चाको १० रुपिँयाको दरले सप्तरंगी टिका बिक्रि गर्दा राम्रै आम्दानी हुने गरेको दासको अनुभव छ ।

अर्का सन्तोष कुमार दासले भने सप्तरंगी टिका सँगै पुजाको सामाग्री समेत विक्रिका लागि राखेका छन् । दुबै थरिका सामान पाईने भएकोले सन्तोषकोमा ग्राहकको भिड नै छ । उनले अहिलेसम्म हजार ,पन्ध्र सयसम्मको व्यापार गर्दै आएका छन् ।

तर तीनै मध्येका राजु प्रसादलाई भने यो पालि आम्दानी कम हुने चिन्ता छ । उनी पनि भारत बाट नै आएका हुन् ।  धादिङबेसी उनको लागि नौलो होईन । भारत बाट सप्तरंगी टिका बेच्न धादिङ आउने गरेको १० वर्ष बितेको राजु सुनाउछन् । राजु भन्छन्– ‘भारत बाट मात्रै हैन अरु ठाउँका नि व्यापारीहरु आए त्यहीले गर्दा पनि व्यापारी धेरै भए व्यापार कम भयो ।’

अघिल्लो वर्षको तुलनामा यो वर्ष आर्थिक बन्दीले सामानको मुल्य बढेको छ भने व्यापार घटेको छ । बजारमा लत्ता कपडा, खाद्यन्न लगाएत भाईटिकाको सामाग्रीहरुमा पनि मुल्य बढेर आएको व्यापारीहरु बताउछन् । जसले गर्दा व्यापारमा कमी आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ