त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले रोकिदियो निगमको दिल्ली उडान

कार्तिक १३, २०७९

काठमाडौँ — २ सय ५४ जना यात्रु लिएर भारतको नयाँदिल्ली उड्न लागेको नेपाल वायुसेवा निगमको वाइडबडीको आरए २१७ उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले रोकिदिएको छ ।

नागरिक उड्डयन प्राधिकरणले जाडो यामका लागि स्वीकृत गर्ने अन्तर्राष्ट्रिय उडानहरूको तालिका अक्टोबर ३० देखि मार्च २७ सम्म मा निगमको आइतबार र शुक्रबार दिउँसो पौने २ बजे दिल्लीका लागि काठमाडौंबाट हुने उडान कटौती गरेको जनाउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले आइतबार उडान रोकिदिएको निगमका उपनिर्देशक रमेश पौडेलले बताए ।

‘हामी ग्रीष्मयामको तालिका ९मार्च २८ देखी अक्टोबर २९ सम्म० मा दिल्लीका लागि हप्तामा सातै दिन दिउँसो उडान गर्दै आएका थियौं,’ वाणिज्य विभागका उपनिर्देशक पौडेलले भने,‘आजदेखि सुरु हुने ५ महिना लामो विन्टर सेड्युलमा आइतबार र शुक्रबारको उडान प्राधिकरणले कटौती गरिदिएछ ।’

उनले प्राधिकरणले निगम र हिमालय एयरलायन्सलाई भैरहवाबाट पनि उडान सुरु गर्न भनेको तर आफूहरूले त्यहाँ यात्रु अभावका कारण तालिका नराखेकाले काठमाडौंमा दिउँसो सातै दिन दिल्लीका लागि हुँदै आएको उडानमा दुईवटा उडान प्राधिकरणले कटौती गरिदिएको पौडेलले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ