धादिङमा भीरबाट खसेर म्यादी प्रहरीको मृत्यु

कार्तिक १६, २०७९

धादिङ – त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारमा कार्यरत २१ वर्षीया भवानी खकुरेलको मृत्यु भएको हो। उनको गस्ती जानेक्रममा भीरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी श्यामकुमार खत्रीले जानकारी दिए।

उनका अनुसार सोमबार दिउँसो करिब १ बजेतिर सल्यानटारमा म्यादी प्रहरीहरू गस्तीमा जाँदै थिए।

बाटो छेउमा माटो भाँसिएर चिप्लिएपछि उनी अन्दाजी ५५ मिटर तल खसेकी थिइन्। उनको टाउकोमा समेत चोट लागेको थियो।

धादिङमै प्राथमिक उपचारपछि काठमाडौंको नेपाल प्रहरी अस्पतालमा रिफर गरिएको थियो। त्यहाँबाट पनि बाँसबारीस्थित न्युरो अस्पतालमा रिफर गरिएको थियो।

त्यहाँ उपचारको क्रममा मंगलबार दिउँसो ३ बजेतिर मृत्यु भएको खत्रीले बताए। बुधबार उनको काठमाडौंस्थित पशुपतिमा दाहसंस्कार गरिने उनले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

सय दिनमा कृषिमन्त्रीको उपलब्धि : मलको आपूर्तिदेखि उखु र दुधकिसानको भुक्तानीसम्म

आजका लागि विदेशी मुद्राको विनिमयदर

जोखिम छ तर, नागढुंगा–मुग्लिन सडकमा आत्तिनु पर्दैन !

सात प्रदेशमै गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको मुटुरोग उपचार विस्तार गरिने

असोज १० देखि १३ गतेसम्म भारी वर्षा हुने

आगामी निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्छ :अध्यक्ष लिङ्देन