२२ दिनमा ६ पटक शक्तिशाली भूकम्प

कार्तिक २३, २०७९

नेपालमा पछिल्लो २२ दिनमा छ पटक भूकम्पको धक्का महसुस गरिएको छ । यही कात्तिक २ गतेदेखि २३ गतेसम्म ६ पटक भूकम्पले धक्का दिएको हो । भूकम्प मापन केन्द्रकाअनुसार चार रेक्टर स्केलभन्दा माथिका ६ पटकसम्म भूकम्प गएको हो ।

कात्तिक २ गते दिउँसो ३ बजेर ७ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर गएको भूकम्प ५.९ रेक्टर स्केलको थियो । सोही दिन तीन बजेर ५३ मिनेटमा पुनः सिन्धुपाल्चोक नै केन्द्र बनाएर ४.५ रेक्टर स्केलको भूकम्प गएको थियो ।

सिन्धुपाल्चोकपछि सुदूरपश्चिम प्रदेशलाई केन्द्रविन्दु बनाएर चारपटक भूकम्प गइसकेको भूकम्प मापन केन्द्रले जनाएको छ । कात्तिक १३ गते बझाङ जिल्लालाई केन्द्रविन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको थियो भने मङ्गलबार राति नै तीनपटक भूकम्प गएको थियो ।

नौ बजेर सात मिनेटमा ५.७ रेक्टर स्केलको भूकम्प डोटी केन्द्रविन्दु बनाएर गएको थियो भने नौ बजेर ५६ मिनेटमा ४.१ रेक्टर स्केलको सुदूर पश्चिमको खप्तडमा केन्द्र बनाएर गएको थियो । त्यसपछि लगातार सानातिना भूकम्पका धक्का महसुस भइरहे । मङ्गलबार मध्यराति दुई बजेर १२ मिनेटमा शक्तिशाली भूकम्प आएर डोटीमा छ जनाले ज्यान गुमाए भने पाँच जना घाइते भए । त्यस भूकम्पले सुदूर पश्चिमका पहाडी जिल्लामा सयौं घर क्षतिग्रस्त भएको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ