नामिबियाविरुद्ध नेपालले शानदार जित

फाल्गुन २, २०७९

काठमाडौं- विश्वकप लिग २ अन्तर्गत आज भएको म्याचमा नामिबियाविरुद्ध नेपालले शानदार जित हात पार्‍यो । २८६ रनको विशाल लक्ष्य सफलतापूर्वक पछ्याउने क्रममा नेपाली टीम र खेलाडीले थुप्रै राष्ट्रिय किर्तिमान बनाएका छन् ।

टस हारेर पहिलो ब्याटिङ गरेको नामिबियाले २८५ रनको स्कोर खडा गर्दा नेपालका लागि दुरुह हुन सक्ने ठानिएको थियो । परम्परागतरुपमै ब्याटिङमा कमजोर नेपालले अहिलेसम्म यति ठूलो लक्ष्य भेट्टाएको इतिहास थिएन । तर, ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेलले शानदार शतक बनाउँदै नेपाललाई अविस्मरणीय जिततर्फ दोहोर्‍याए । कप्तान रोहित पौडेलले पनि उत्कृष्ट अर्धशतक बनाएर कुशललाई साथ दिएका थिए ।

नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्म चेज गरेको सबैभन्दा ठूलो स्कोर २५५ रन हो । सन् २०१९ को जनवरीमा दुबईमा यूएईले दिएको २ सय ५५ रनको लक्ष्य नेपालले भेट्टाएको थियो । नेपालले दोस्रो इनिङमो बनाएको सबैभन्दा ठूलो स्कोर चाहीँ २ सय ८६ रन हो । सन् २०२२ को मार्चमा नेपालले कीर्तिपुर मैदानमा पपुआ न्युगिनीले दिएको २ सय ९३ रनको लक्ष्य पछ्याउनेक्रममा २ सय ८६ रन बनाएको थियो ।

आजको म्याचमा कुशल भुर्तेल र रोहित पौडेलले तेस्रो विकेटका लागि एक सय ३३ रनको साझेदारी गरे । नेपालले ओडीआइमा कुनै पनि विकेटका लागि गरेको यो अहिलेसम्मकै सबैभन्दा ठूलो साझेदारी हो । यसअघि दीपेन्द्रसिंह ऐरी र देव खनालले पपुवा न्यूगिनीविरुद्ध सन् २०२२ मार्च २६ मा सर्वाधिक १२९ रनको साझेदारी गरेका थिए ।

नेपालका कप्तान रोहित ओडीआईमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याट्सम्यान बनेका छन् । उनले ३३ म्याच खेल्ने क्रममा एक शतक र ६ अर्धसतक बनाउँदै एक हजारको कोशेढुंगा पार गरेका हुन् । रोहितको कुल रन एक हजार १७ पुगेको छ । नामिबियाविरुद्ध उनी ७२ रन जोडेर आउट भए । रोहितपछि सर्वाधिक रन बनाउने नेपाली ब्याट्सम्यानको सूचीमा ज्ञानेन्द्र मल्ल ७ सय ३४ रनसहित दोस्रो स्थानमा छन् ।

कुशल भुर्तेल एकदिवसीय र टी २० अन्तर्राष्ट्रिय दुवैमा शतक बनाउने तेस्रो नेपाली ब्याट्सम्यान बनेका छन् । यसअघि पारस खड्का र दीपेन्द्रसिंह ऐरीले मात्र यस्तो सफलता हात पारेका थिए । नामिबियाविरुद्ध कुशलले एक सय १५ रन बनाए ।

कुशल ओडीआइमा शतक बनाउने चौथो नेपाली ब्याट्सम्यान हुन् । रोहित पौडेलले पनि यसअघि ओडीआइ शतक बनाएका छन् । टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल, दीपेन्द्र, पारसबाहेक ज्ञानेन्द्र मल्लले पनि शतक बनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ