उत्तरी धादिङ जोड्ने लपाङखोलाको पुल एक वर्षमै जीर्ण, पुल मुनी बगरबाटै कुद्छन् सवारी

बैशाख ५, २०८०

शंकर श्रेष्ठ
धादिङ –
उत्तरी धादिङ जाने लपाङखोलाको पुल संचालनमा आएको एकै वर्षमा जीर्ण बनेको छ । अघिल्लो वर्षको बर्खामा बाढीले पुलको एकातिरको एप्रोज रोड भत्काइदिएपछि जोखिम पनि उत्तिकै बढेको छ ।

नेत्रावतीबाट खनियाबासतर्फ जाने साइडको पुलको स्पान अर्थात क्यान्टिलिभर नै छुट्टिएको छ । जस्ले गर्दा अहिले पुलमा सवारी आवागमन रोकिएको छ । पुलको मुनीको बगरबाटै जोखिपूर्ण ढंगबाट सवारी आउजाउ गराउन चालकहरु बाध्य छन् ।

यो उत्तरी धादिङको विकट वस्तीहरु रुवीभ्याली, खनीयाँवास, गांगाजमुना र त्रिपुराशुन्दरी गाउँपालीका जोड्ने एक मात्र पुल हो । पुल त्रिपुराशुन्दरी गाउँपालीका वडा नम्बर ७ र नेत्रावती डब्जोङ गाउँपालीका वडा नम्बर १ को लापाङ खोलामा पर्छ । पुल निर्माण सम्पन्न भएसंगै आवत जावतमा सहज हुने आशामा रहेको स्थानीय अहिले समस्यामा परेका छन् ।

हिउँदमा जेनतेन खोलाबाटै आवत जावत गर्न सकिने तर वर्षाको समयमा त यसले निकै समस्या ल्याउने नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष ठाकुर गुरुङले बताए । पुल वरपर र माथिलो पट्टी निकै ठुलो पहिरो समेत भएकोले वर्षाको समयमा खोलामा आउने बाडी र पहिरोले पुलमा थप क्षती गर्ने जोखिम उत्तिकै छ ।

बाढीले विगारेको पुलको अहिले ठेकेदार कम्पनीले मर्मत सुरु गरेको छ । तर, ठेकेदार कम्पनीको लापरबाही कामले गर्दा पुल निर्माण मजबुद नबनेकोले समस्या आएको स्थानीयको भनाई छ । वडा अध्यक्ष गुरुङ भन्छन्–‘पुल निर्माण भएको ठाउँको माटो नै कमजोर भएकोले पुलको बेस कमजोर छ, ठेकेदार कम्पनीले अहिले प्लम वाल लगाएर पुलको मर्मत थालेको त छ तर झारा टार्ने जस्तो काम मात्रै भएको छ, भुगोल अनुसार टिकाउ हुने काम भएको छैन ।’

अहिले पुल मर्मतमा खटिएका सुपरभाइजर एलजी मगर भने पुलको एकापट्टीको इन्डिङ प्वाइन्टमा थोरै मात्रै लच्किएको र त्यसमा माटो भरेपछि समस्या नआउने बताउँछन् । पुलको आढमा चार सय ३१ घनमिटरको प्लम वाल लगाइदैछ । प्लमदेखि माथिल्लो पट्टीको घुम्तीसम्म नौ सय १० घनमिटरको जाली लगाउने काम सुरु गरिएको उनले बताए ।

मानिसहरु आवत जावत गर्ने झोलुङ्गे पुल पनि निकै जिर्ण बनी सकेको छ । पुल बनेसंगै किन्ताङ्गफेदीसम्म भने पनि वर्षातको समयमा सवारी चल्नेमा उनिहरु ढुक्क थिए अव भने वर्षात सुरुभएपछि सवारी ठप्प हुने स्थानीयको भनाई छ ।

जस्ले गर्दा उत्तरी क्षेत्रका स्थानीयलाई आवत जावतमा मात्रै होईन दैनिक उपभोग्य सामान ल्याउन लग्ने समेत निकै असहज हुने स्थानीय व्यापारीहरु बताउँछन् । सरकाले रसुवा कन्ट्रक्सन र जय विष्णु निर्माण सेवालाई सो पुल निर्माणको जिम्मा २०७६ सालमा दिईएको हो । ति निर्माण कम्पनीले समय अगावै पुल निर्माणको काम सम्पन्न गरी हस्तान्तरण गरेको थियो ।

२०७७ सालमा निर्माण सम्पन्न भएको सो पुल रसुवा कन्ट्रक्सन र जय विष्णु निर्माण सेवाले संयुक्त रुपमा करिव पाँच करोड पचास लाखाको लागतमा निर्माण गरेको थियो । पुल ४५ मिटर लम्वाई र छ मिटर चौडाईको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ