आन्दोलनलाई वार्तामा ल्याउन शिक्षक महासंघलाई सरकारको आग्रह

भदौ ३१, २०८०

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनको घोषणा गरेको नेपाल शिक्षक महासंघलाई वार्तामा आउन आग्रह गरेको छ । संसदमा दर्ता भएको शिक्षा विधेयकका विरुद्धमा असोज ३ गतदेखि आन्दोलनको घोषणा गरेको महासंघलाई मन्त्रालयले वार्तामा आउन आग्रह गरेको हो ।

शिक्षा सचिव सुरेश अधिकारीले विद्यालय बन्द लगायतका आन्दोलनका कार्यक्रम फिर्ता लिएर वार्तामा आउन आग्रह गरिएको बताए । विधेयक संसदमा दर्ता भइसकेको अवस्थामा संशोधनमा जान सकिने बाटो खुला नै छ । मन्त्रालयको हातमा नरहेको विषयमा महासंघले लाखौं विद्यार्थीको पठनपाठन अवरुद्ध गर्ने गरी आन्दोलनको कार्यक्रमको घोषणा गरेको छ ।

असोज ३ गतेदेखि देशभरका सामुदायिक विद्यालय बन्द गरेर काठमाडौँ केन्द्रीत आन्दोलनमा आउन महासंघले मातहतका निकायलाई परिपत्र गरेको छ । सोही आधारमा शिक्षक कर्मचारीहरू काठमाडौँ आउने तयारीमा छन् । यहि अवस्थामा मन्त्रालयले आन्दोलनका कार्यक्रम फिर्ता लिएर वार्तामा आउन आग्रह गरेको हो ।

‘आन्दोलनमा नजानुहोस् भनेर भनेका छौं । पटक पटक आग्रह गरेर वार्ता र सम्बादको माध्यमबाट अघि बढौं भनेका छौं । लाखौं विद्यार्थीको पठनपाठन अवरुद्ध हुने कार्य नगर्न आग्रह गरेका छौं । सचिव अधिकारीले भने ।

शिक्षा विधेयकमा सरकारले विगतमा आफुहरूसँग गरेको सम्झौता र सहमति नसमेटेको आरोप शिक्षक कर्मचारीहरूको छ । उनीहरूले विधेयकमा संशोधन गरिनुपर्ने १८ बुँदे माग अघि सार्दै आएका छन् । ति मागहरू सम्बोधन गरेर विधेयकमा संशोधन नगरिएको खण्डमा आन्दोलन नरोकिने महासंघको भनाई छ ।


आन्दोलन आफ्नो रहर नभई बाध्यता भएको भन्दै महासंघकी सह–अध्यक्ष नानुमाया पराजुलीले माग पुरा नहुँदासम्म कुनै पनि हालतमा आन्दोलन नरोकिने बताइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ