भारतमा जेठयता ११ अर्ब ८० करोड रुपैयाँको बिजुली निर्यात

कार्तिक १, २०८०

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले गएको जेठदेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको बिजुली भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको बिजुली गएको जेठ २८ गतेदेखि भारतीय बजारमा बेच्न शुरु गरेको थियो ।

प्राधिकरणले चालु आर्थिक वर्ष २०८०र८१ को साउन, भदौ र असोज गरी ३ महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको बिजुली भारततर्फ निर्यात गरेको छ । असोज महिनामा मात्र ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको बिजुली निर्यात भएको छ ।

३ महिनामा भारततर्फ निर्यात गरिएको बिजुलीको औसत दर प्रतियुनिट १० रुपैयाँ २७ पैसा रहेको छ । गएको जेठ महिनाको ५ दिनमा ४० करोड ५ लाख र असारमा १ अर्ब ७५ करोड ७० लाख रुपैयाँको बिजुली भारततर्फ निर्यात भएको थियो । जेठ र असारमा भारतर्फत निर्यात गरिएको बिजुलीको औसत दर प्रतियुनिट ९ रुपैयाँ ६७ पैसा थियो ।

साउनमा २ अर्ब १४ करोड ३३ लाख, भदौमा ३ अर्ब ४७ करोड ८५ लाख र असोजमा ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको बिजुली भारतीय बजारमा निर्यात भएको छ । ३ महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको बिजुली निर्यात भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ