१३ सय बर्ष पुरानो धादिङको गंगाजमुना जात्राको रौनक अहिलेपनि उस्तै

मंसिर ७, २०८०


शंकर श्रेष्ठ

धादिङ-धार्मिक तथा पर्यटकीय रुपले परिचित स्थल हो धादिङको गंगाजमुना झरना । यो झरनामा वर्षौदेखि लाग्दै आएको जात्राको रौनक अहिले पनि घटेको छैन । यो झरना हिउँदमा खासै देखिदैन । तर, देशका थुप्रै जिल्लाहरुबाट यो मेला हेर्न र गंगा जमुना माइको दर्शन गर्न आउने गर्दछन् ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने यो मेला हरेक वर्ष हरिबोधनी एकादशीको दिन मनाइन्छ । गंगाजमुना गाउँपालिकाको नाम पनि यहि मेलाको नामबाट राखिएको हो । यो बर्ष हिजो बुधबारदेखि बिहानैदेखि झरनाको फेदीमा जम्मा भएका भक्तजनले आज एकादशीको दिन बिहान त्यही स्नान गरि पुजाआजा गरेका छन् ।

१३ सय वर्ष अगाडि गंगा र जमुना नाम गरेका दुई छोरीहरु बेपत्ता भएको र परिवार खोज्दै जाँदा गुफाभित्रबाट हामी यही सुरक्षित छौं हामीलाई यही पुजापाठ गर्नुहोला भनेपछि उनै गंगा र जमुनाको सम्झनामा हरेक वर्ष गंगा जमुना माइको मेला सुरु भएको किम्बदन्ती छ ।

गंगाजमुना गाउँपालिका(५ ढाँडखर्कमा रहेको पहराको टुप्पोबाट खस्ने गंगा र जमुना नामका दुई झरना छ । तीन सय मिटर माथिबाट झर्ने यो झरनामा गएर नुहाउने र मनले चिताएको पुरा होस् भनेर आर्शिवाद माग्ने प्रचलन छ । झरना झरेको पहराको बीचमा रहेको मन्दिरमा गएर महादेवको पुजा आजा गर्ने प्रचलन पनि रहेको छ ।

एकादशीको दिन बिहान गंगाजमुनाको छहरामा स्नान गरि डोली तार्ने बत्ती सेलाऊने र पहरामा रहेको भगबान गंगा जमुनाको दर्शन गरि फर्किने चलन छ । गंगाजमुनाको दर्शन गर्दा मनले चिताएको पूरा हुने जनविश्वास रहिआएको छ । भक्तजनहरुले गंगा–जमुना कुण्डमा नुहाउँदा रोगब्याधी निको हुने र परिवारमा सुखशान्ति र समृद्धि छाउने धार्मिक बिश्वास रहि आएको गाउँपालिका अध्यक्ष भक्त बहादुर लामाले बताए ।

गंगा जमुना झरनासँगै रहेको कुकुर धारोमा गएर नुहाउनेहरुको पनि भीड हुने गर्दछ । विशेष गरी वर्षभरी कुकुर वा अन्य कुनै जनावरले टोकेमा त्यसको दोष निवारणका लागि भन्दै कुकुरधारोमा गएर नुहाउने प्रचलन रहेको छ ।

यस मेला भर्न धादिङ जिल्लाका विभिन्न स्थानका साथै छिमेकी जिल्ला रसुवा, नुवाकोट, चितवन, गोर्खा तनहुँ कास्की, काठमाडौंबाट भक्तजनहरुको घुइचो लाग्ने गर्दछ । स्थानीय सिंगबहादुर तामाङ भन्छन् -एकादशीको दिन रात नै झाक्री नाचको रौनक अझ छुट्टै हुन्छ । भकल बुझाउन वा दर्शन गर्न आउनेहरुले रातभर आ–आफ्नो भेषभुसा र पहिरन अनुसारको कला देखाछन् र विहान भएपनि झरनामा स्नान गरी पुजापाठ गरेर फर्कन्छन् ।

यो जात्रा धादिङको गंगा जमुना गाउँपालिकास्थित फुलखर्कमा छ । यहाँबाट घाम अस्ताएको र उदायको दृष्य निकै रोमान्चक देखिन्छ । जात्रामा स्थानीय सरकारले नै हरेक वर्ष रात्रीकालिन कन्सर्टको आयोजना गर्दै आएको छ । लङ्गरबुर्जा खेल यहाँको रात्रीकालिन जात्राको विशेषता हो ।

हरिबोधनी एकदशीमा भगवान् विष्णु एवं नारायणको पुजा हुने गरेपनि गंगाजमुनामा भने महादेवको पूजा हुने गरेको छ । धार्मिक तथा पर्यटकीय हिसावले निकै महत्वपूर्ण र आकर्षक भएपनि त्यस ठाँउसम्म पुग्नका लागि सडक सञ्जालको कठिनाई छ । भौगोलिक हिसावले विकट स्थानमा रहेको गंगाजमुना झरना आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ ।
कहाललाग्दो चटाने पहाड चडेर गंगाजमुना माईको दर्शन गर्न पुगेका भक्तजन । एकादशीको दिन बिहान गंगाजमुनाको छहरामा स्नान गरि डोली तार्ने बत्ती सेलाऊने र पहरामा रहेको भगवान गंगा जमुनाको दर्शन गरि फर्किने चलन छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ