आमाबुबाले छाडेपछि दुई बालकको बिजोग

भदौ १, २०७२

१ भदौ, काठमाडौं – जन्मदिने आमाबुबा नै अलपत्र छाडेर बेपत्ता भएपछि धादिङका दुई बालकको जन्मदर्तासमेत हुन सकेको छैन।

आमा विदेश उडेर कुनै खोजखबर नै नगरेपछि काठमाडौंमा अलपत्र परेका यी दुई बालकलाई दुःख गरेरै भए पनि जसोतसो पाल्दैछिन् उनीहरूकी ठूलीआमा (आमाकी दिदी) रुबिना श्रेष्ठले। अन्दाजी ९ र ७ वर्षका यी बालकको नाम गाउँलेले नै राखिदिएका छन् -सुमन र सुदीप। आमाबाबु बेपत्ता भएपछि गाविस र जिविसले यिनीहरूको जन्मदर्तासमेत गर्न मानेनन्।१० वर्षअघि धादिङ खाल्टे गाविस-६ की बिना श्रेष्ठले राजमार्गको होटेलमा काम गर्ने क्रममा घरपरिवारको सल्लाहबिना त्यहीं काम गर्ने युवकसँग बिहे गरिन्। उनीहरूका दुई छोरा जन्मिए।

एकाएक काम गरेको ठाउँबाट बिनाका पति बेपत्ता भए। उनले छाडेर हिँडेपछि बिनाका दुःखका दिन सुरु भए। होटलमा काम गरेर बालबच्चा पाल्न नसकेपछि उनी विदेश जाने सोचमा पुगिन्। दुई नाबालक छोरा विदेश पठाउने एजेन्टको जिम्मामा काठमाडौंमा अलपत्र छोडेर उनी परिवारको सल्लाहबिनै विदेशतिर लागिन्। बिना विदेश गएपछि सम्पर्कमा छैनन्। आमा बेपत्ता भएपछि यी दुई बालकलाई ठूलीआमा रुबिनाले गाउँमा ल्याएर पालनपोषण गर्न थालिन्। आर्थिक अवस्थाले बहिनीका दुई छोराहरूलाई पालनपोषण गर्न नसक्ने भएपछि रुबिना बालकल्याण समितिको सम्पर्कमा पुगिन्।

बालकल्याण समितिले बाबुआमा नभएका यी बालकलाई संरक्षण गृहमा पठाउने योजना बनायो तर जन्मदर्ता नहुँदा समभव हुन सकेन। ठूलीआमा रुबिनाले भनिन्, ‘आफैं पाल्छु भनेर त ल्याएँ तर माया लागेरमात्र हुँदो रहेनछ। यिनीहरूलाई मैले पेटभरि पनि खान दिन सकिनँ भने झन् ठूलो पाप लाग्छ। बालसरंक्षण गृहमा पठाउन जिल्ला बालकल्याण समितिमा गएँ तर जन्मदर्ता नभएकाले काम रोकिएको छ।’ पढाइमा अब्बल यी दुई बालक अहिले गाउँनजिकैको पञ्चकन्या माध्यमिक विद्यालयमा दुई र तीन कक्षामा पढ्छन्। उचित रेखदेख र पालनपोषण नपाएका यी बालक नियमित विद्यालयसमेत नजाने गरेको छ । अन्नपूर्णबाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ