धनकुटामा एमाले अध्यक्ष ओलीमाथि हातपात प्रयास

मंसिर २८, २०८०

काठमाण्डौ – धनकुटामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि हातपात प्रयास भएको छ । पार्टीको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ अन्तर्गत धनकुटा पुग्नुभएका ओलीमाथि आज बिहीवार हातपात प्रयास भएको हो ।

भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका–५ लेगुवामा ओलीमाथि लेगुवाकै महेश राईले हातपातको प्रयास गरेका हुन् । ओलीमाथि हातपात प्रयास गर्ने राईलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको धनकुटाका प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनले जानकारी दिए।

राई अध्यक्ष ओलीलाई स्वागत गर्न भन्दै फूलमाला र अबिर लिएर लाइनमा बसेका थिए । स्वागतकै क्रममा उनले ओलीमाथि हातपातको प्रयास गरेका हुन् । प्रहरीका अनुसार राईले जाँड–रक्सी खाएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ