कवितासंग्रह बोध अन्तर्बाेधको लोकार्पण

फाल्गुन १२, २०८०


धादिङ -कवि सृजना अर्याल अधिकारीको बोध अन्तर्बाेध कवितासंग्रह लोकार्पण गरिएको छ । प्राज्ञ तथा व्यङ्ग्यकार नरनाथ लुईटेल र माता लक्ष्मी अर्यालले कवितासंग्रहको लोकार्पण गरेका हुन् ।

बोध अन्तर्बाेध कवितासंग्रहमा भएका कविताले नेपालबाट युवा पुस्ता रित्तिने र देश बृद्धाश्रम हुने अवस्थाको चित्र कवितामा व्यक्त भएको छ । देशको दुर्गमता, विकटताको परिस्थिति र त्यहाँका दुखेसोहरु कविताले बोलेको छ । बेला बेलामा आउने भुकम्प, महामारीले आम नागरिकलाई दिने पीडा कविता मार्फत सृजनाको दृष्टि पुगेको छ । समालोचक डा. रामहरि लम्साल भन्छन्–‘घिमेकी अतिक्रमणको व्यवहार, राष्ट्रको स्वाभिमान, पूर्खाको गौरबको गुणगान र देशका लागि जिवन बलिदान गर्ने पुर्खाको संस्मरण पनि यहाँ छ ।’

एक सय ३४ पेजको बोध अन्तर्बाेध कवितासंग्रहमा १८ छन्दका ६० वटा कविता छ । सुनको पिजडा कवितासंग्रहपछि अर्यालको यो दोश्रो संग्रह हो । बोध अन्तर्बाेधभित्रका कविताले कवि शीरोमणिको कविताको स्वाद दिलाएको मदन पुरस्कार विजेता कवि नवराज लम्सालको बुझाई छ ।

बोध अन्तर्बाेध कवितासंग्रह लोकार्पणमा पुगेका पाका कवि तथा साहित्यकारहरुले कविता मार्फतनै सृजनालाई शुभकामना दिए । साथी समकक्षीले पनि सृजनाको साहित्यिक सफलताको प्रशंसा गर्न भ्याए ।

भर्खरै उदाउदै गरेकी कवि सृजनाले पनि बोध अन्तर्बाेध कवितालाई आफ्नो चौथो सन्तानको रुपमा लिएकी छन् । देशको साधन स्रोतको सदुपयोग, देशको दर्दनाहक भयावह अवस्थाको चित्रण गरिएको उनको भनाई छ । जिन्दगीको कष्टसाध्य अवस्था र इर्स्यामुक्त समाजको कल्पना कवितामा व्यक्त भएको छ भने ६ वटै ऋतुहरुको परिवर्तनको समिक्षा गरिएको छ । मान्छेको वाध्यता र परिस्थितिलाई पनि कविताको माध्यमबाट व्यक्त गरिएको छ ।

बोध अन्तर्बाेध कवितासंग्रह लोकार्पणसंगै गुलावी मन (गजल अडियो)को पनि लोकार्पण गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ